औजार पाउँदा कृषक हर्षित

0
1002

बिर्तामोड ।

बिर्तामोड नगरपालिका–९स्थित पिपलबोट सशक्तिकरण कृषक समूहकी कोषाध्यक्ष गंगा भण्डारी धान काट्ने (रिपर) मेसिन अनुदानमा पाउँदा दंग परिन् । बिर्तामोड नगरपालिकाले कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले कृषकलाई कृषि औजार वितरण गर्न शुरु गरेपछि भण्डारी मात्र होइन नगरका सबै कृषक हर्षित भएका छन् । कञ्चनजंघा कृषक समूहका अध्यक्ष खड्गप्रसाद कँडेल भन्छन् – नगरपालिकाले कृषिमा यान्त्रिकीकरण गर्न सहयोग पु¥याएर हामी कृषकमा उत्साह थपेको छ ।

पछिल्लो समय कृषिमा परनिर्भरता बढ्दो छ –उनले भने–कृषि मजदुर अभावका बेला नगरपालिकाले कृषि औजार दिएर ठूलो गुन लगायो । अहिले खेताला नपाइने कृषकको प्रमुख समस्या हो अब त्यसको पनि हल भयो ।’
विर्तामोड – ९ निवासी उषा किरण कृषक समूहका अध्यक्ष जगन्नाथ पोखरेलले नगरपालिकाले कृषि क्षेत्रमा गरेको लगानीले धेरैलाई फाइदा पुगेको बताए । अझ कृषकलाई समयमै विभिन्न खाले कृषि औजार प्रदान गर्न सकेको खण्डमा फाइदा पुग्ने थियो –उनले भने । कृषकलाई संगठित गर्दै सामुहिक व्यवसायिक खेतीमा उत्साहित गर्न नगरले पु¥याएको सहयोग सह्रानीय छ–अध्यक्ष पोखरेलले भने ।

बिर्तामोड नगरपालिकाले विहीवार १६ थान धान काट्ने रिपर मेसिन कृषकका लागि अनुदानमा वितरण गरेको छ । २३ हजार ७ सय ९५ घर धुरी भएको बिर्तामोड नगरपालिकाको दक्षिण क्षेत्रका स्थानीयवासी पूर्ण रुपमा कृषिमा निर्भर छन् । तर, कृषि पेशालाई व्यवसाायिक र आधुनिकीकरण गर्न नसक्दा यहाँका कृषक अझै पनि परम्परागत रुपमा खेती गर्दै आएका छन् । जसका कारण लागत मूल्य समेत उठाउन धौ– धौै परिरहेका बेला बिर्तामोड नगरपालिकाले कृषकका लागि धान काट्ने रिपर मेसिन अनुदानमा उपलब्ध गराएसंँगै कृषकमा उत्साह छाएको हो ।

नगरको वडा नम्वर ६, ७, ८ , ९ र १० का कृषकका लागि बिर्तामोड नगरपालिकाले १६ थान रिपर मेसिन बितरण गरेको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । कृषि औजार वितरण गर्दै शिवाकोटीले भने– सबै कृषकलाई दक्ष बनाउन नगरले कृषि औजार लगायत सबै आवश्यक सामग्री अनुदानमा दिन्छ तर, जमिन बाँझो राख्न पाइँदैन ।
नगरले विराट, आदर्श, वाह्रघरे, नव जागरण, प्रगतिशील, शंकराचार्य, साना किसान, जागृति, हरियाली, उषाकिरण, लक्ष्मी, कञ्चनजंघा, लक्ष्मी नारायण , सितारा पिपल चौक, सूर्य उन्नत पशु तथा अन्नवाली कृषक समूहलाई मेसिनरी औजार प्रदान गरेको थियो । प्रति औजार एक लाख ६४ हजार रुपैयाँ पर्ने बताइएको छ । जसमा कृषकको ३० प्रतिशत लागत रहेको बताइन्छ । नगरले यस अघि कृषकका लागि मकै छोडाउने मेसिन समेत अनुदानमा वितरण गरेको नगरका नायव प्राविधिक सहायक सुजित साहले बताए ।

नगरपालिकाले १ करोड ५० लाख कृषिका लागि यो वर्ष बजेट छुट्याएको छ । त्यस्तै ४० लाख नगरपालिका र सहारा नेपालसँंगको साझेदारीमा कृषककै लागि कार्यक्रम सञ्चालित छ भने संघीय सरकारबाट सशर्त अनुदानको ३० लाख रुपैयाँ वजेट नगरका कृषकका लागि छुट्टिएको छ ।

सोही रकमबाट बिर्तामोडमा एक गाउँ एक उत्पादन, आलु खेती, तोरी खेती, फापर खेती, सूर्यमुखी खेती, राजमा खेती, आइपीएम तालिम, जस्ता कार्यक्रम सञ्चालित रहेको साहको भनाइ छ ।

नगरले यस अघि २७ वटा समूहलाई मकै छोडाउने मेसिन वितरण गरेको थियो भने अहिले एक गाउँ एक उत्पादन कार्यक्रममा आलु खेतीका लागि दुई वटा समूहलाई अनुदान प्रदान गर्ने बताइएको छ । आलु खेतीका लागि विर्तामोड –९ को वद्रीवाडी कृषक समूह र ७ को हाम्रो कृषक समूहलाई ६ लाख ६० हजार रुपैयाँ प्रदान गर्ने बताइएको छ ।

त्यस्तै तोरी खेतीका लागि ६ वटा कृषक समूह चयन भएका छन् । प्रति समूह १ लाख ३० हजार रुपैयाँका दरले अनुदान रकम प्रदान गरिने बताइएको छ । छनौटमा परेका समूहहरुमा उषाकिरण, रेखा नगर, नव दुर्गा, कञ्चनजंघा, सगरमाथा, प्रगति कृषक समूह छन् ।

त्यस्तै जनसेवा कृषक समूहले फपर खेती गर्ने भएको छ । वडा नम्वर ७ को सो समूहलाई ७० हजार रुपैयाँ अनुदान दिइने बताइएको छ । अन्नपूर्ण कृषक समूह बिर्तामोड – १० ले सूर्यमुखी फूलको खेती गर्ने भएको छ । जसका लागि १ लाख ५० हजार रुपैयाँ अनुदानमा प्रदान गर्ने बताइएको छ । त्यस्तै राजमा खेतीका लागि नगरले पाँच लाख रुपैयाँ वजेट विनियोजन गरेको र बिर्तामोड –९ को प्रगति आइपीएम र प्रगति कृषक समूहले यो खेती गर्ने भएका छन् । बिर्तामोड नगरपालिकामा १ सय २५ वटा कृषि समूह रहेको र त्यस मध्ये ४८ वटा समूहमा लगानी गरिएको बताइएको छ ।

यता २ नम्वर र १० नम्वर वडाका कृषकलाई चिया टिप्ने मेसिन प्रदान गरिएको बताइएको छ । दुई वटा वडाका कृषकलाई ५ वटा मेसिन प्रदान गरिएको नगरपालिकाले जनाएको छ । प्रति मेसिन १ लाख २० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको छ । कृषि औजार वितरण समारोह नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईको सभापतित्वमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here