आगलागी हुँदा उदयपुरमा एक बालकको मृत्यु

0
439

उदयपुर,

आगलागी हुँदा उदयपुरमा एक बालकको मृत्यु भएको छ।

उदयपुरको त्रियुगा नगरपालिका–१६ जाल्पा चिलाउने आहाले रातापानीमा बिहिबार आगलागी हुँदा ४ वर्षीय बालक शिसिर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

बिहिबार दिउँसो करिब ३ बजेको समयमा भएको आगलागीमा चन्द्र बहादुर राई र बमबहादुर राईको घर पुर्णरुपमा जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार घरमा कोहीपनि नभएको बेलामा आगलागी भएकोले घरमा भएको सम्पुर्ण लत्ता कपडाको साथै अन्न जलेर खरानी भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here