भलिबल प्रतियोगिताको उपाधि सृजनालाई

0
1221

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९ मा रहेको सृजना शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय शनिश्चरे बाल क्लबद्धारा आयोजित नगरस्तरिय अन्तर माध्यमिक विद्यालय भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

प्रतियोगिता अन्र्तगत शुक्रबार सम्पन्न फाइनलमा कालिस्थान माध्यमिक विद्यालयलाई २–१को सेटमा पराजित गर्दै सृजनाले उपाधि जित्न सफल भएको हो । जसअनुसार २५–२०, १७–२५ र २५–१७ रहेको छ ।

प्रतियोगिताको विजेता सृजना र उपविजेता कालिनस्थानले नगद पुरस्कार क्रमश आठ हजार र चार हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी उपविजेता कालिस्थान माध्यमिक विद्यालयका योगराज अधिकारी घोषित भएका थिए ।

खेल क्षेत्रमा विद्यार्थीहरुको अभिरुची वृद्धी गर्ने उद्धेश्यले आयोजित प्रतियोगितामा अर्जुनधारा नगरपालिकाले ३० हजार रुपैयाँ र अर्जुनधारा–८ वडा समितिले १० हजार रुपैयाँ उपलब्ध गराएको शिक्षक कपिलदेव तिम्सिनाले बताए । त्यस्तै प्रतियोगिताको विजेता र उपविजेता ट्रफी शनिश्चरे बजारस्थित स्टार साउण्ड सिस्टम र पूर्व विद्यार्थी खगेन्द्र सुवेदीले प्रायोजन गरेका थिए ।

प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेको फाइनलमा अर्जुनधारा–८का वडाध्यक्ष गोपीचन्द्र गौतम, नगर खेलकुद समितिका संयोजक अर्जुन मेचे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज नेपाल, सदस्य महेश ढकाल, शिक्षक अभिभावक संघका अध्यक्ष मोहन पौड्यालीलगायतको आतिथ्यता रहेको थियो ।

क्लबकी अध्यक्ष डोल्मा शेर्पाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन शिक्षक तिम्सिनाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here