कनकाईमा एक्सेलले बाँड्यो छात्रवृत्ति

0
466

सुरुङ्गा ।

झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले कनकाई मावि सुरुङ्गामा छात्रवृत्ति वितरण गरेको छ ।

एक कार्यक्रमका वीच सो विद्यालयका दुई जना छात्राहरुले छात्रवृत्ति प्राप्त गरेका हुन् । बंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति पाउनेमा कक्षा ९ की पार्वता पनेरु र कक्षा ७ की सविता शाह रहेका छन् ।

छात्रवृत्ति पाउने विद्यार्थीहरुलाई स्कूल ब्याग, जुत्ता, मोजा, कापी र कलम हस्तान्तरण गरिएको थियो । केही दिनभित्रमा विद्यालय पोशाक र जाडाका लागि न्याना लुगा पनि दिइने बताइएको छ । विभाग प्रमुख गिरीका अनुसार छात्रवृत्ति कार्यक्रमलाई हरेक वर्ष विस्तार सगै निरन्तरता दिइनेछ ।

बैंकले आफ्नो छात्रवृत्ति योजना अन्तर्गत यस वर्ष झापा, इलाम र मोरङका ५४ सामुदायिक विद्यालयका एक सय जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको गर्ने भएको छ । यो संख्यालाई बढाएर एक हजार विद्यार्थी र पूर्वाञ्चलका बैंकका शाखा रहेका सबै जिल्लामा छात्रवृत्ति योजना पु¥याउने लक्ष्य रहेको बैंकका शाखा कर्जा व्यवस्थापन विभाग प्रमुख शिवकुमार गिरीले जानकारी दिए ।

कनकाई माविका पूर्व विद्यार्थी समेत रहेका गिरीले सबै विद्यार्थीलाई उच्च मनोबलका साथ अध्ययनमा मेहेनत गर्न र उत्कृष्ट नतिजा ल्याउन सुझाव दिएका थिए ।

उक्त योजना अन्तर्गत यस अघि नै झापाको कनकाई नगरपालिका अन्तर्गत चम्पापुर मा.वि., विर्तामोड नगरपालिका अन्तर्गत लक्ष्मीनारायण प्रा.वि. र देवकोटा आधारभुत विद्यालयका विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिसकिएको छ ।

कनकाई माविमा सम्पन्न छात्रवृत्ति वितरण कार्यक्रममा विद्यालयका सहायक प्रअद्वय हरिप्रसाद तिम्सिना र चन्द्रप्रसाद शिवाकोटीले छात्रवृत्तिमा विद्यार्थीको संख्या बढाउन अनुरोध गरेका थिए । कार्यक्रममा एक्सेल बैंक सुरुङ्गाका शाखा प्रबन्धक गोपाल लोहनी, कर्मचारीहरु लोकन्द्र बस्नेत, सम्बल आचार्य लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here