एक लाख ५९ हजार साउदी रियाल सहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

0
766

काठमाडौँ ।

अवैध साउदी रियाल १ लाख ५९ हजार सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार साढे ७ बजे फ्लाई दुबईको उडान मार्फत दुबई जान लागेका भारतीय नागरिक असिफ मिर्जालाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्यााण्ड ब्यागेज चेकिङ्ग एरियामा जाँच गर्ने क्रममा खैरो रंगको ब्याग भित्र फल्स बटम बनाई लैजान लागिएको सो अवैध नगद बरामद भएको हो ।

मिर्जालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here