ज्ञानेन्द्र फेरि पश्चिम नेपालको भ्रमणमा

0
432

काठमाडौँ ।

पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतबार पश्चिम नेपालको भ्रमणमा निस्कने भएका छन् ।

पूर्वराजा शाहका संवाद सचिव फणि पाठकले उनी आगामी आइतबार निजी भ्रमणको सिलसिलामा भैरहवा जान लागेको बताए ।
शाहले प्रदेश नम्बर ५ को अस्थायी राजधानी भैरहवालाई मुकाम बनाएर त्यसआसपासको जिल्लाको भ्रमण गर्ने बताइएको छ ।

सो भ्रमणका क्रममा उनले विभिन्न मठ मन्दिरको भ्रमण गर्नुका साथै राजवादीहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ । उनी करिब २ साता त्यहाँ रहने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here