दिल्लीको कोठीमा बेचिन लागेका दुई जना नेपाली चेलीको उद्धार

0
447

काठमाडौं ।

भारतको कोठीमा बेचिन लागेका दुई जना युवतीलाई उद्धार गरी नेपाल फर्काइएको छ।

काभ्रे र झापाका दुई युवतीलाई ललाई फकाई काठमाडौंबाट विरगञ्ज हुँदै दिल्ली पुर्‍याएर राम्रो काम लगाई दिने भन्दै कोठीमा बेच्न लाग्दा उद्धार गरिएको माइती इण्डियाले जनाएको छ।

उनीहरुलाई नेपाली दूतावास नयाँ दिल्ली र भारतीय प्रहरीको समन्वयमा आइतबार नेपाल फर्काइएको छ। दलालले विभिन्न प्रलोभनमा पारेर महिला बेच्ने क्रम रोकिएको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here