बिर्तामोड।

नेपाल तामाङ विद्यार्थी घेदुङ जिल्ला कार्यसमिति झापाले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने तामाङ विद्यार्थीलाई सम्मान गरेको छ ।
संस्थाले तेस्रो जिल्ला अधिवेशनको अवसर पारेर जिल्लामा नै उत्कृष्ट अंकका साथ उत्तीर्ण हुने चार जना तामाङ विद्यार्थीलाई सम्मान गरेको हो । यसरी सम्मानित हुने विद्यार्थीहरुमा हिमालय मावि दमकका प्रवेश तामाङ गोले र सुदिक्षा तामाङ थिङ, इस्ट होराइजन मावि मेचीनगरका कौशल तामाङ पाख्रीन र सिद्धार्थ शिशु सदन भद्रपुरका सालु तामाङ ग्लान रहेका छन् ।
त्यस्तै कृशला तामाङ, कल्याण ग्राङदान, सन्जोक तामाङ, राजु तामाङ वमजन, रिसभ घिसिङ, पुजा तामाङ थोकर, प्रतिमा तामाङ घिसिङ, रिना तामाङ गोले, दिप्सना तामाङ ब्लोन, दीपा तामाङ मोक्तान, निशान तामाङ ङेसुर, विनम तामाङ मोक्तान र पेमा तामाङलाई समेत सम्मान गरिएको थियो ।
विद्यार्थी घेदुङ झापाकी अध्यक्ष निमा गोले तामाङको अध्यक्षता तथा नेपाल तामाङ घेदुङ प्रदेश नं. १ का अध्यक्ष मित्रशेन योञ्जनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थी घेदुङका केन्द्रीय सदस्य हैकम घिसिङ, रोशन लामा लगायतले उनीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।
सोही कार्यक्रममा उत्कृष्ट तामाङ विद्यार्थी सम्मान कार्यक्रमका लागि अक्षयकोष निर्माण गर्न स्व. मकर बहादुर गोलेको स्मृतिमा उनकी श्रीमती गंगादेवी गुरुङ तामाङले नगद एक लाख रुपैयाँ हस्तान्तरण गरेकी थिइन् ।
यसैबीच संस्थाको तेस्रो अधिवेशनले प्रकृती घिसिङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षद्वय कञ्चन रुम्बा, मिलन पाख्रीन, सचिव महेन्द्र मोक्तान, सह–सचिवद्वय क्षितिज तामाङ, सुष्मा तामाङ कोषाध्यक्षमा लासाङ लो चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा निरोज राज ग्लान तामाङ, निशान ङेसुर सालु ग्लान तामाङ, वाङ्दी स्याङ्दान, कल्पना मोक्तान महेश योञ्जन, क्रृसला तामाङ, पेमा तामाङ रहेका छन् ।































