सुनसहित दुई पक्राउ

0
926

रसुवा,

गैरकानूनी तवरले रसुवागढी नाकाबाट नेपाल भित्र्याएको करिब एक किलोग्राम सुन आज रसुवा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी प्रमुख भाग्येन्द्र पुरुष ढकालका अनुसार सुन भित्र्याउँदै गरेको भन्ने सुुराकीका आधारमा प्रहरीको विशेष टोलीले रसुवागढी नाकाबाट अवैध कारोवारमा संलग्न दुई महिलासहित करिब एक किलोग्राम सुन नियन्त्रणमा लिएको हो ।

सुन टुक्रा टुक्रा भएका कारण नेपाल बैंकको सुन जाँचकीबाट परिमाण यकिन गराई कानूनी प्रक्रिया अगाडि बढाइने प्रहरी प्रमुख ढकालले जानकारी दिनुभयो ।

रसुवागढी नाकाबाट अवैध कारोवार रोक्न नेपाल प्रहरी सक्रिय रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here