तीन वर्षदेखि स्थगित भएको नवज्योती च्यालेन्ज कप हुने

0
830

अर्जुनधारा ।

आन्तरिक समस्याका कारण विगत तीन वर्षदेखि स्थगित भएको नवज्योती च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता यस वर्षदेखि हुने भएको छ ।

सबैको सहयोगका कारण समस्या समाधान हने प्रतिबद्धता व्यक्त भएपछी छैंटौं संस्करणसम्म सफलतापूर्वक सम्पन्न भएको प्रतियोगिताले यस वर्षदेखि निरन्तरता पाउने आयोजक नवज्योती युवा क्लबद्धारा आयोजित पत्रकार सम्मेलनमा बताइएको हो ।

खेल क्षेत्र र खेलाडीहरुको प्रबद्र्धनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा जयपुरको पहिचान गराउने उद्धेश्यले प्रतियोगिताको लागि आवश्यक तयारीमा क्लब जुटेको अध्यक्ष गोपाल पोखरेलले बताए ।

आगामी माघको दोस्रो साताबाट प्रतियोगिता शुरु हुनसक्ने जानकारी दिइएको कार्यक्रममा सहभागी टिमहरुको अन्तिम टुङ्गो केही दिनपछी लाग्ने अध्यक्ष पोखरेलले बताए । प्रदेशस्तरको हुने प्रतियोगितामा झापासँगै इलाम, मोरङ र सुनसरीका टिमहरुको सहभागिता हुनेछ ।

अनुमानित १० लाख रुपैयाँ खर्च लाग्ने प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५० हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी बेस्ट गोलकिप्पर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड र म्यान अफ दी टुर्नामेन्टले जनही पाँच हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ दी म्याचले दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिने क्लबका उपाध्यक्ष राम श्रेष्ठले जानकारी दिए ।

खेल स्थानीय आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा हुने छ । अध्यक्ष पोखरेलको अध्यक्षताा आयोजित कार्यक्रममा बुद्धशान्ति–२का वडाध्यक्ष दिलीप श्रेष्ठ, वडा सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद गौतम, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले “मामा”, झापा जिल्ला रेफ्री संघका अध्यक्ष प्रदीपकुमार बस्नेतलगायतले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बुद्धशान्ति–१ वडा कार्यालयका सचिव हरि प्रधान, झापा जिल्ला फुटबल संघका सदस्य अमिर श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्च झापाका पूर्व अध्यक्ष रमेश समदर्शी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष धुव्रकुमार ओली, बुधबारे जेसीजका पूर्व अध्यक्ष सेमन्त पोखरेल, युवा व्यवसायीद्धय अविनाश राई र मणी राईलगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन क्लबका सचिव मुकेश भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here