मालीमा दुई हेलिकोप्टर ठोक्किए, १३ फ्रान्सेली सैनिकको मृत्यु

0
618

एजेन्सी,

अफ्रिकी मुलुक मालीमा दुईओटा हेलिकोप्टर एकापसमा ठोक्किँदा १३ जना फ्रान्सेली सैनिकको मृत्यु भएको छ ।

जिहादीविरुद्धको कारबाहीका क्रममा हेलिकोप्टर दुर्घटना भएको फ्रान्सको राष्ट्रपति कार्यालयले जनाएको छ ।

स्थानीय समयअनुसार सोमबार राति सो दुर्घटना भएको हो ।

मालीको उत्तरी क्षेत्रमा सन् २०१२ देखि इस्लामिक लडाकूले चलाएको सशस्त्र संघर्ष अहिले अरु भागमासमेत फैलिएको छ । त्यस क्षेत्रका अधिकांश भाग उनीहरुको नियन्त्रणमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here