नेपाल फलफूलका लागि समेत परनिर्भर

0
585

लक्ष्मी उप्रेती / मेचीनगर ।

नेपाल फलफूलका लागि आत्मनिर्भर बन्न सकेको छैन् । नेपालले फलफूलका लागि भारत तथा चाइनाको भर पर्नुपरेको छ । प्लान्ट क्वारेण्टिन एवम् विषादी व्यवस्थापन केन्द्र क्वारेण्टिन कार्यालय काँकरभिट्टाको चौमासकि तथ्याङ्क हेर्दा यसको पुष्टि हुन्छ ।

कार्यालयको चौमासकि तथ्याङ्क हेर्दा चालु आर्थिक वर्ष २०७६÷२०७७ को पहिलो चारमहिनामा पूर्वी काँकरभिट्टा नाकाहुदै ९ करोड ४० लाख १५ हजार रुपैयाँ मुल्य बराबरका फलफूल आयात भए पनि निर्यात शुन्य छ । यो नाका हुदै अधिकाँश भारतका विभिन्न शहरबाट फलफूल आयात भएका छन भने नास्पाती चाइनाबाट आएको छ ।

कार्यालय प्रमुख वरिष्ठ वाली संरक्षण अधिकृत हर्षहाङ्ग राईका अनुसार सो अवधिमा सवैभन्दा बढी ४ करोड ४२ लाख ८० हजार रुपैयाँ मुल्य बराबरको १ हजार १ सय ७ मेट्रिक टन अनारस र सवैभन्दा कम २० लाख ८ हजार रुपैयाँ मुल्य बराबरको खरबुजा आयात भएको छ । नेपालमा फलफूलको व्यवसायिक खेती हुन नसक्दा नेपालले भारत र चाइनाको भर पर्नु परेको क्वारेनटाइन अधिकारीहरुको भनाई छ ।

नेपालमा उत्पादन भएका फलफूलले माग धान्न नसक्दा अन्य मुलुकबाट आयात गर्नुपरेको वरिष्ठ वाली संरक्षण अधिकृत राईको भनाई छ । काँकरभिट्टा नाका हुदै नेपाल भित्रिएका फलफूल स्थानीय बजारहुदै काठमाण्डौं, पोखरा, बुटवल, बीरगञ्ज, भैरहवा नारायणगढलगायत ठाउँसम्म पुग्ने व्यवसायीहरुको भनाई छ ।

विशेषगरी काँकरभिट्टानाका हुदैं स्याउ,कागती, अनार, सुन्तला, अनारस, खरवुजा काचो नरिवल, नास्पातीलगायतका फलफूल नेपाल आयात हुने गरेका छन् । नास्पाति बाहेक सवै फलफूल भारतबाट आयात हुने गरेको प्लान्ट क्वारेण्टिन एवम् विषादी व्यवस्थापन केन्द्र क्वारेण्टिन कार्यालय काँकरभिट्टाका सुचना अधिकारी सुरेशकुमार साहले जानकारी दिनुभयो ।

चौमासिक अवधिमा यो नाका भएर ५ लाख ५० हजार रुपैयाँ मुल्य बराबरको ११ मेट्रिक टन कागती, ६९ लाख १२ हजार रुपैयाँ मुल्य बराबरको ७२ मेट्रिक टन अनार, ५५ लाख ७४ हजार रुपैयाँ मुल्य बराबरको १ सय ३९ मेट्रिक टन सुन्तला, २ करोड ८६ लाख ८ हजार रुपैयाँ मुल्य बराबरको ४ सय ४७ मेट्रिक टन स्याउ, १४ लाख ६४ हजार रुपैयाँ मुल्य बराबरको ४७ मेट्रिक टन केरा, २३ लाख ३६ रुपैयाँ मुल्य बराबरको ७३ मेट्रिक टन काचो नरिवलआयात भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here