धेरै विश्वविद्यालय र स्वयत्त संस्थाको संख्यामा वृद्धि गरेर अघि बढ्न मन्त्री घिमिरेको जोड

0
1245

लक्ष्मी उप्रेती/मेचीनगर ।

१ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले अब एउटै मात्र विश्वविद्यालयको छाता भित्र सबैलाई राख्ने र बस्ने भन्दा पनि धेरै विश्वविद्यालय र अलिकति स्वयत्त संस्थाको संख्यामा वृद्घि गरेर अघि बढे लोडको वाडफाड तथा स्वयत्त ढंगले विकास गर्न सहज हुने बताएका छन् ।

मंगलबार सम्पन्न झापाको मेचीनगरस्थित काँकरभिट्टा बहुमुखी क्याम्पसको दोस्रो क्याम्पस सभालाई सम्बोधन गदैं मन्त्री घिमिरेले विश्वविद्यालय भन्नाले उस्ले अध्ययन अनुसन्धान गर्ने पाठयक्रम निर्धारण गर्ने परीक्षा लिनेदिने मान्यता भएको प्रष्ट पारे ।

उनले सामूदायिक क्याम्पसहरुलाई आधार मानेर एउटा छुट्टै विश्वविद्यालय बनाउने सोचका साथ छलफल भइरहेको समेत जानकारी गराए । विश्वविद्यालय भन्नसाथ हाम्रो बुझाईमा समेत परम्परागत समस्या रहेको भन्दैं कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री घिमिरेले अहिले विश्वविद्यालय भन्न साथ टियूलाई मात्र बुझ्ने टियूको संरचना जस्तो छ त्यस्तै खोज्ने मानशिकता रहेको प्रष्ट पारे ।

विश्वविद्यालय भन्न साथ विश्वभर मान्यता प्राप्त गर्ने स्वयत्त संस्था भएको बताउँदै उनले क्षमता हुने हो भने हरेक क्याम्पसले विश्वविद्यालयको मान्यता प्राप्त गर्ने बताए । जस्को क्षेत्राधिकार जहाँ हो त्यसलाई त्यहि केन्द्रित गराउने खालको परिपाटि अब हामीले क्रमिकरुपमा स्थापित गर्नुपर्ने भन्दैं उनले यस क्रममा १ नम्बर प्रदेश सरकारले आफ्नो कार्यक्षेत्र सिर्जना गर्ने क्रममा प्रादेशिक र प्राविधिक विश्वविद्यालयहरु सञ्चालन गर्ने निर्णय गरी सकेको खुलासा गरे ।

मोरङको हात्तीमुढामा रहेको महनमोहन पोलिटेक्निकल इन्स्च्यिूटलाई नै आधार मानेर प्राविधिक धारको विश्वविद्यालय सञ्चालन गर्ने प्रक्रिया प्रारम्भ भएको र यसै महिनाभित्र राष्ट्रपति विद्यादेवी भण्डारीबाट उदघाटन गर्ने तयारी भईरहेको मन्त्री घिमिरेको भनाई थियो ।

१ नम्बर प्रदेशमा झण्डै एकसयको हाराहारीमा सामूदायिक क्याम्पसहरु रहेको भन्दैं उनले समुदायको लगानीमा सञ्चालनमा आएका सम्पूर्ण अख्तियारी समुदायले नै व्यहोदैं आएको यी क्याम्पसहरुको संरक्षण र सम्वद्र्घन कसर िगर्ने, यिनलाई कसरी टिकाउने भनदा पनि कसरी विकसित गर्ने भन्ने चूनौति सरकार सामु रहेको उनले धारणा राखे ।

अब हरेक विद्यलाय प्रविधि मैत्री हुनुपर्नेमा जोड दिदैं मन्त्री घिमिरेले समय अनुसार अघि बढ्न नसके विश्व सामु प्रतिस्पर्धा गर्न नसकिने बताए । यसैका लागि १ नम्बर प्रदेश सरकारले डिजिटल शिक्षा प्रयोगमा ल्याएको स्पष्ट पारे । अब हरेक विद्यालय विद्यार्थीलाई पढाउने थलो मात्र हुन नहुने भन्दैं आफ्ना अभिभावकहरुलाई समेत प्रविधिमा जोडन सक्नुपर्नेमा जोड दिए ।

काँकरभिट्टा बहुमुखी क्याम्पसको स्तरवृद्घिका लागि प्रदेश सरकारले सक्ने हरेक सहयोग गर्न तयार रहेको भन्दैं उनले भौतिक निर्माणका लागि भौतिक निर्माण मन्त्रालयमा सिफारीस गर्ने र यसमा आफ्नो पहल सधै रहने प्रतिवद्घता व्यक्त गरे । उनले आफ्नो मन्त्रालयको तर्फबाट क्याम्पसलाई भौतिक निर्माणका लागि तत्काल २५ लाख तथा सञ्चालन खर्चका लागि ५ लाख गरी कुल ३० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापा क्षेत्रीले कार्यक्रमको सभापतित्व गदैं सञ्चालक समितिकोतर्फबाट वार्षिक प्रतिवेदन, सामाजिक परीक्षण समितिकोतर्फबाट संयोजक खड्गप्रसाद वरालले परीक्षण प्रतिवेदन तथा २०७५ साउन १ देखि २०७६ असारमसान्तसम्मको स्वतन्त्र लेखापरीक्षकको परीक्षण प्रतिवेदन क्याम्पस सञ्चालक समितिका सदस्य ठाकुरप्रसाद शिवाकोटीले प्रस्तुत गरेका थिए ।

क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा संविधान सभा सदस्य रविन कोइराला, १ नम्बर प्रदेश सभा सदस्यहरु गेपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली राधा थापालगायतले बोलेका थिए । कार्यक्रममा सहभागी सवैलाई सञ्चालक सदस्य दुर्गाप्रसाद सापकोटाले स्वागतसहित क्याम्पसका बारेमा जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here