झापामा जंगली हात्तीले एक युवकलाई कुल्चियो

0
608

भद्रपुर ।

जङ्गली हात्तीको आक्रमणमा झापामा एक युवक गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा मेचीनगर नगरपालिका १२ कालिझोडा बस्ने १९ वर्षीय सुशील गजमेर रहेको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

हात्तीले कुल्चिँदा गजमेरको छातीमा चोट लागेको उपचारको लागि मनकामना हस्पिटल चाराआली पठाएको जनाइएको छ।

प्रहरीका अनुसार मङ्गलवार साँझ ६ बजेको समयमा चारआलीबाट घर जाने क्रममा गजमेरलाई अचानक हात्तीले आक्रमण गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here