बिर्तामोड।
बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन मंसीर २५ गते हुने भएको छ ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता टंक उप्रेतीका अनुसार संस्थाको सातौं कार्यकालका लागि पदाधिकारी चयन गर्न निर्वाचन हुन लागेको हो । सर्वसम्मतको पहल गरिए पनि सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो ।
जसका लागि कार्य सम्पादन समिति चयन भएको छ । सीपी कडरियाको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा भोजराज सिटौला र सदस्यहरुमा ज्ञानुराम प्रसाई, संगीता रौनियार, शंकर रिजाल, लक्ष्मी आचार्य र अनुप सिंह राजवंशी रहेका छन् ।
निर्वाचन हुने भए पछि कार्यसम्पादन समितिले मंसीर १४ गतेसम्म नयाँ जडान गर्न, नामसारी गर्न, १८ गतेसम्म नवीकरण गर्न तथा परिचय–पत्र बनाउन समय तोकेको छ ।
परिचय–पत्र वा नवीकरण गर्न सम्वन्धित उपभोक्ता सदस्य निजको एकाघरको सदस्य आउनुपर्ने कार्यसम्पादन समितिका संयोजक कडरियाले जानकारी दिए ।































