पाँच महिने शिशुको मृत्यु भएपछि मनमोहन अस्पताल तोडफोड

0
949

बिर्तामोड, चिकित्सकको लापरवाहीका कारण पाँच महिने शिशुको मृत्यु भएको भन्दै बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पताल तोडफोड भएको छ ।


बिर्तामोड – निवासी विजय लिम्बूको ५ महिने शिशु बिपीषा लिम्बूको गएराति उपचारको क्रममा मृत्यु भएको थियो ।
निमोनिया भएर मंगलवार दिउँसो अस्पताल भर्ना गरिएकी विपीशालाई इन्जेक्सन लगाएलगत्तै पेट फुलेको र बालिकाको मृत्यु भएको भन्दै अस्पताल तोडफोड भएको हो ।
विहानैबाट उपचारमा सम्लग्न चिकित्सकलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।


विवाद बढ्दै गएपछि अहिले इलाका प्रहरी कार्यालयमा सर्वपक्षीय बैठक वसिरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो ।
उपचारका क्रममा शिशुको अवस्था गम्भीर बनेपछि मनमोहन अस्पतालले शिशुलाई वीएण्डसी अस्पताल रेफर गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here