नवज्योतिको अभिभावक भेला सम्पन्न

0
639

बिर्तामोड ।

झापाको अर्जुनधारा ५ बैसाबारीस्थित नवज्योति आधारभूत बिद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिश्ववन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक चन्द्रकला भट्टराईले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा वीरता जेसीजका अध्यक्ष विशाल थापा , बिद्यालय व्यवस्थापन समितिका सदस्य माधवप्रसाद भट्टराई , शिक्षक अभिभावक संघका अध्यक्ष डिल्लीराम सापकोटा , सदस्य देवीनाथ खतिवडा, अभिभावक लक्ष्मीप्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिद्यालयमा शिक्षकले पालना गर्नुपर्ने सातवटा नियम , अभिभावकले पालना गर्नुपर्ने छ वटा नियम , बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले पालना गर्नुपर्ने नौ वटा नियमहरु पारित गरिएको थियो ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक कमलप्रसाद भण्डारीले बिद्यालयको गतिविधीमाथी प्रकाश पारेका थिए । उनले कक्षा १ सम्म अंग्रेजी माध्यमबाट पठनपाठनलाई तिव्रता दिइने , स्कूल बसको व्यवस्था गर्ने , भौतिक पूर्वाधारको व्यवस्था गरी नमूना बिद्यालयको रुपमा विकास गर्ने जानकारी दिए ।

सोही कार्यक्रममा बिद्यालय परिसरमा वृक्षरोपण समेत गरिएको थियो । वृक्षरोपणको उद्घाटन जग्गादाता चन्द्रमाया थापा र वीरता जेसीजका अध्यक्ष विशाल थापाले गमलामा फूल रोपेर गरेका थिए । वीरता जेसीजले सौजन्य गरेको १५ वटा गमलामा फूलका विरुवा रोपिएको थियो ।

त्यस्तै सोही कार्यक्रममा बिर्तामोडको वानस्टप महलमा रहेको रिद्धीसिद्धी कलेक्सनले बालशिक्षामा अध्ययनरत् वालवालिकाहरुका लागि टेलिभिजन प्रदान गरेको रिद्धीसिद्धी कलेक्सनका सञ्चालक सूर्य अधिकारीले बताए । कार्यक्रमको सञ्चालन बिद्यालय व्यवस्थापन समितिका सदस्य ओमप्रकाश लुईंटेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here