एनसीडीसीका संस्थापक रहेनन्

0
614

बिर्तामोड ।

भद्रपुरस्थित नेपाल सामुदायिक विकास केन्द्र (एनसीडिसी)का संस्थापक अध्यक्ष रामप्रसाद ढुंगानाको ८४ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

झापा भद्रपुर –८ क्याम्पसमोड निवासी ढुंगाना लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहेका थिए । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि सहयोगदाता समेत रहेका ढुंगाना विगत पाँच वर्षदेखि दुवै मृगौला खराव भएर डायलाइसिस गराइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

वि.स. १९९३ साउन ३ गते जन्मिएका ढुंगाना नेपाल राष्ट्र वैंकमा ३० वर्ष सेवा गरेर सेवानिवृत्त भएका थिए । ढुंगानाका दुई श्रीमतीमध्ये एक श्रीमती र एक छोरीको यसअघि नै निधन भइसकेको बताइएको छ ।

हाल ढुंगानाकी श्रीमती तुलसादेवी ढुंगाना, तीनजना छोराबुहारीहरु राजेश–मीना, नरेश–मेन्दु, उमेश –भावना, चारजना छोरीहरु दीपा ढकाल, सरिता आचार्य, कविता गुरागाईं र नातिनातिनाहरु रहेका छन् ।

ढुंगानाका छोराहरु मध्ये राजेश साहित्यकार तथा पत्रकारकोरुपमा समेत परिचित छन् । ढुंगानाको बुधबार नै देउनिया खोलामा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here