नकुल काजी,
आजभन्दा २८ दिनअघि भारतले मनचाहे हेपाहा नीति अख्तियार गरी प्रकाशमा ल्याएको उसको राजनीतिक मानचित्रले नेपाली भूगोललाई घातक चोट पुर्याउने हरकत गरेयता लगालग केही आन्तरिक आलोच्य घटना पनि भएका छन् ।
भारतको विभिन्न किसिमका अतिक्रमणकारी दादागिरी त नेपालले परम्परादेखि नै सहनुपर्दै आएकै छ । तापनि समय सँगसँगै नेपाली मानसमा आएको चेतना र सजग हुने आँटका कारण यसपटक बढी नै रक्षात्मक रंगको बिरोधलाई सशक्त तुल्याएको छ । यद्यपि, अहिलेसम्म कुनै सकारात्मक परिणाम के–कसरी कोरलिइएला भनेर अनुमान गर्नसक्ने परिस्थिति बनेको छैन । सरकारको लगाम जसका हातमा छ उसको राजनीतिक स्वार्थ–निर्देशित मौसमी राष्ट्रवाद फेरि पनि क्रियाशील भएर यथार्थ माथि थिचोमिचो भयो भने भारत उसको परपीडक खेलमा सफल हुन पनि सक्तछ ।
आन्तरिक आलोच्य घटनामा अहिलेको सर्वोपरि विषय बनेको छ— मन्त्री मण्डलभित्रका व्यक्तिहरु मध्ये केहीको चित्त नबुझ्दो हेरफेर । मौजूदा मन्त्री मण्डलले भोगेको शासनाधिकारका २१ महिना अन्तर्गत पछिल्ला औपचारिक सार्वजनिक अभिव्यक्तिहरुमा प्रधानमन्त्री के.पी. ओलीले जुन–जुन मन्त्रालय मातहतका कार्य प्रगतिलाई प्रशंस्य ठहरको टाँचा लाउँदै ‘सरकारका उल्लेख्य उपलब्धि’– का बुँदा बनाइ आएका थिए तिनै मन्त्रालय सम्हाल्ने मन्त्रीहरु समेत हटाइएका छन् ।
प्रधानमन्त्रीले उपलब्धिमा सूचीकृत गर्न योग्य छानेका विभागीय मन्त्रालयका काम वास्तवमा लोक–मूल्याङ्कनमा पनि पर्दै आएकै हुन् । विशेषतः लालबाबु पण्डित र गोकर्ण बिष्टलाई मन्त्रीबाट हटाइँदा नागरिक समाजको बृहत् सरोकारी तप्कामा आलोचनाको निकै ठूलो र मैलो तरङ्ग तरङ्गित भयो । ‘राम्राको होइन, हाम्राको पालो’ आएको उद्विग्न नैराश्यपूर्ण गुनासाहरु कतै त कतै ‘रणाकाललाई पुनरावृत्त गराउने किसिमको पाँडे पजनी’ भयो भन्ने आक्रोश बाहिरिए भने कतै त झन् ‘मन्त्री मण्डलमा हेरफेर मूलतः ओली–प्रचण्डका आशारामहरुको व्यवस्थापन’ जस्ता च्वास्स घोच्ने टिप्पणीहरुले समेत देशका प्रायः सबै सूचना माध्यमहरुमा बजार पाए, पाइरहेका छन् ।
मन्त्रीहरुमा ‘थपना’ स्वरुप मन्त्री बीना मगर स ज्ञानेन्द्र राजाकालका सञ्चारमन्त्री श्रीष समशेर राणाको ‘सक्कल बमोजिम नक्कल’ बानी–व्यहोरा र व्यवहार बर्ताउले आम सूचनासेवाप्रवृत्त बौद्धिकहरुसामू हैकमी र अचाडू गर्जनसाथ प्रस्तुत हुने सञ्चारमंत्री गोकुल बाँस्कोटा जस्ताहरुका प्रति बहिर्गमनको सरोकारी–अपेक्षाले लोप्पा खायो । यतिका दिन बितिसक्ता पनि मन्त्रीहरु हेरफेर भएको विषयभित्रको आलोचना हुनैपर्ने पक्ष निफन्ने नाङ्लो हुनबाट ‘फेकबुक’–ले मुक्ति पाएको छैन ।
बेथिति र सत्तादलीय स्वेच्छाचारिताबाट खिन्न, असन्तुष्ट र आजित नागरिकले सरकारका कमी–कमजोरी र गल्तीलाई विरोधको अवसर बनाएर आन्दोलन र बाधा–व्यवधान सिर्जना गर्ने गर्दैछन् । यसबाट जन–भावना परावृत्त भइरहेको बुझेर, जन्मजात अधिनायकवादी स्वभाव भएका कम्यूनिस्टहरुले चलाइरहेको भए पनि संघीय लोकतान्त्रिक संविधान अन्तर्गत चल्नुपर्ने, सरकारले लोकमतको सम्मान चाहिँ गर्नुपर्ने हो । मन्त्री मण्डल हेरफेर प्रकरणमा जनभावनाले कतिातिर फर्केर के भन्दैछ भन्ने सरकारको शक्ति र स्थायित्व थिग्र्याउने धरातल हो भन्ने ठानिनु सरकार सबलीकरणको एउटा गतिलो उपादान होइन र ?
यस समय–सन्दर्भको अर्को महत्वपूर्ण आन्तरिक घटना बनेको छ— ओली र प्रचण्डबीच अधिकारको भागबण्डा । प्रधानमन्त्री पदमा वर्तमान संसदीय र अवधिभरि के.पी. शर्मा ओलीको एकाधिपत्य हकमा घुन–पुत्ली नलाग्ने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तारुढ नेकपाको कार्यकारी अध्यक्षमा थान्को लाग्ने गरी वर्तमान नेपालको साधिकार राजनीतिक भोग–चलनको भागबण्डा लागेको छ । प्रधानमन्त्री ओली नेकपाको अध्यक्षमा साविक झैं छन् पनि । तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको संयोजन (ागकष्यल)–बाट बनेको नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)–भित्रका वर्तमान उपल्ला प्रभावी (?) नेतामध्ये एमाले कुलका नेताहरु के.पी. ओली, माधव नेपाल र झलनाथ खनाल पार्टीभित्रको गुटगत राजनीतिबाट मुक्त छैनन् भने भीम रावल पार्टीभित्र प्रतिपक्ष (यउउयकष्तष्यल धष्तजष्ल उबचतथ)–को राजनीतिक चलखेलमा छन् ।
‘प्रचण्ड’–लाई यो कुराको भलिभाँती जानकारी हुनपर्छ । यी गुटगत फुटबाट पार्टीलाई हार्दिक रुपमै सगोल तुल्याउन नसके ‘माओवादी कुलका ‘प्रचण्ड’–लाई अहिले हेर्दा मीठो लालीपप देखिने अध्यक्ष पद कोक्याउने धतुरोमा रुपान्तर पनि हुन सक्तछ भन्ने विश्लेषणहरु पनि भइरहेका छन् । अधिकारको प्राप्ति तत्काल सुखद् लाग्नु स्वाभाविक हुन्छ, तर दुई कुलवंशीय विचार र अवधारणामा हुर्केका नेता–नायक र अगुवाहरुको मानसिकताको वैभिन्यलाई एकीकृत गर्न, तिनका विगत इतिहासमा उभिएर भन्नुपर्दा, मुस्किलै पर्ने देखिन्छ भन्नुपर्ने नै हुन्छ । त्यसमाथि गुटगत धारणा अवरोपण (चययत(यगत) गर्ने दायित्व पनि छ । जो पनि सहज छैन ।
उपप्रधानमन्त्री जस्तो कार्यपालिकाको उच्च पदधारक मधेसमार्गी नेता उपेन्द्र यादव यसै पनि सरकार र सत्तारुढ पार्टीका प्रति सकारात्मक देखिइरहेका थिएनन्, मन्त्री मण्डल हेरफेरको व्यहोराले उनलाई रन्काएको छ । भारतीय–नाकाबन्दीताका उनको भारतपरस्त क्रियाकलाप निकै बलियो थियो । अहिले उनी सरकारमा रहिरहनेभन्दा सरकार छोडेर राष्ट्रिय जनता पार्टीमा ससम्मान समाहित हुने मनस्थितिर बढी मुखर छन् भनिन्छ । राष्ट्रिय जनता पार्टी पुरानो उखाले ‘वन साङ्ला’ भन्ने गरिएकाहरु जस्तोको हुलप्रदत्त आत्मबलले चलिरहेको पार्टी हो र र त्यसका लागि यादवको पदार्पण थप भारतमुखी चलखेलको सहयोगी सिद्ध हुने दह्रोखरो विश्लेषण पनि भइरहेकोछ । त्यति मात्र होइन, यसबेला प्रखर रहेका सीमा अतिक्रमणको राष्ट्रव्यापी बिरोध दमन गर्न भारतले उसको निर्दयी र विवेकहीन ‘चपाउने दाँत’ उद्याउने औजार खोजिरहेको हुनसक्छ । भारतका देखाउने र चपाउने दाँतका घटनापरक वृत्तान्तहरु बारे कुन स्वाभिमानी नेपाली पो अनभिज्ञ होला र ! उसका दुई किसिमका दाँत सदैव दुवै सक्रिय हुन्छन् भन्ने नेपाललाई मात्र होइन सीमा जोडिएका सबै साना र निर्बल राष्ट्रहरुलाई समेत थाहा छ ।
दक्षिणी लठ्ठापारबाट बाली विनाशक अनिकाले कीरा ‘सलह’ (यिअगकत)–को चरित्र बोकी बोकी फिरङ्गी जनसंख्याको रुपमा पसेर तराई–मधेसको ‘नेपाल’–लाई भित्रभित्रै सिध्याउने बाटोमा छ । राष्ट्रको परिभाषा अन्तर्राष्ट्रिय सीमारेखाभित्रको माटो (भूगोल) मात्र होइन । सनातन संस्कृति, परम्परा, मौलिक राष्ट्रिय भाव, मूलबासीका जातीय मौलिकता प्रतिको आभ्यान्तरिक सम्मान आदि सबै राष्ट्रको पहिचानका निधि मानिन्छन् र यिनै सबबाट हरेक राष्ट्र वैभवी भएको हुन्छ ।
अतः दक्षिण छिमेकीको स्वभावका कारण पनि यसबेला देश अक्करिलो अवस्थामा छ । खुल्ला सीमाका कारण र नेपालले राष्ट्रिय निर्वाहका धेरैथोकका लागि परनिर्भर हुनै परेका कारण सहिष्णु बन्न बाध्य हुन परेको अवस्था छ । यस्तो अवस्थामा सरकार चलाउने पार्टीको कमाण्ड चलाउन तेह्र वर्षअघि मात्र संवैधानिक मूलधारमा अवतरित पार्टीको मूल नेताका निम्ति मुश्किल पर्नु स्वाभाविक विवेकबाटै बुझिने कुरा हो । त्यसमाथि पनि दुई पार्टी संयोजित हालको नेकपामा आ–आप्mना आग्रह हालसम्म पूर्णतः समेटिएका छैनन्, तेरी–मेरीको व्यवहार जीवन्त नै छ ।
अझ गुटगत राजनीतिक उफ्रीपाफ्री त्यसमाथि अर्को अप्ठ्यारो व्यवधान पनि छँदैछ । गुटगत र स्वार्थको लेनदेन जस्ता एकताघातक चलखेल चलेका बेला आफूले अर्जापेर तयार पारेका नेता–अगुवाहरुका प्रति मूल नेतृत्वमा मानवीय कमजोरी जाग्रत भई पक्षपोषण (कयात अयचलभच)–को भाव–संक्रमण भयो भने त झन विद्यमान स्थिति नै पनि भत्किने खण्ड पर्दछ । अर्थात्, गत २८ दिनयता विकसित घटनाक्रमहरुले यस्ता अनेक चिन्ता जन्माएका छन् ।
आजलाई यत्ति नै । शेष फेरि—


























