हतियार सहित एक ब्यक्ति पक्राउ

0
490

उदयपुर।

उदयपुर बेलका–३ सातपत्रे स्थानबाट १९ बर्षीय मनोज खत्री हतियार सहित पक्राउ परेका छन ।

ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको प्रहरी टोलीले खत्रीलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित नियन्त्रणमा लिएको हो ।

बुधबारराती साढे ९ बजे सातपत्रेबाट रामपुर तर्फ आउदै गरेको स १ त ७४४० नम्बरको ट्याक्टरलाई रोकी सोही ट्याक्टरमा काम गर्ने १८ बर्षीय बिश्व खड्कालाई ट्याक्टरबाट ओराली हातपात गर्दै कटुवा पेस्तोल समेत देखाई अपहरण शैलीमा एकान्त स्थान तर्फ लैजादै गरेको अवस्थामा खत्रीलाई पेस्तोल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here