प्रदेश स्तरीय चित्र प्रर्दशनी

0
1197

झापा।

सामाजमा बढ्दैै गएको हिंसा अनि अमानवीय व्यवहारलाई निर्मुल पार्ने उद्देश्यका साथ झापाको बिर्तामोडमा शुक्रबारबाट तीन दिने चित्रकला प्रदर्शनी तथा कार्यशाला शुरु भएको छ ।

देही आर्ट काँकरभिट्टाको आयोजनामा बिर्तामोडस्थित प्राचीन क्याफे एण्ड रेष्ट्रोमा ‘प्रेम’ शीर्षक दिएर पाँचौं चित्रकला प्रदर्शनी गरेको हो ।

कलासँग सम्वन्धित कार्यहरु साना बालबालिकाहरुलाई सिकाउँदै हरेक बर्ष विभिन्न स्थानमा प्रदर्शनी गर्दै आएको देही आर्टले यसपटक प्रदेश १का प्राज्ञचित्रकारहरुलाई एकैथलोमा भेला गरेर उक्त कार्यक्रम गरेकोे छ । चित्र प्रदर्शनीको साथै बिक्री गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा स्थानीय र जिल्ला बाहिरका कलाप्रेमीहरु अवलोकनका लागि आउन थालेका छन् ।

औपचारिक कार्यक्रम आयोजना गरेर शुरु गरिएको प्रदर्शनी देही आर्टका अध्यक्ष छितेन शेर्पाको अध्यक्षता र शिक्षासेवी तथा एनप्याब्सनका जिल्ला अध्यक्ष सञ्जीव राईको प्रमुख आतिथ्यमा शुरु भएको थियो ।

प्रदर्शनीमा पूर्वमा स्थापित बनेका कलाकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको छ । कार्यक्रममा प्राज्ञहरु सरोजा खड्गी, पवन राजवंशी, बरिष्ठ चित्रकारहरु युवराज रिजाल, गणेश लामा, महेन्द्र राई, केशर धिमाल, अविशेक दास, धिरज चाम्लिङ, अनुराधा थापा, दीपक लामाले चित्र बनाइ रहेका छन् ।

प्रदर्शनी स्थलमा मौलिक लिम्बू, सहनवाज अली, अविशेक प्रधान, रेवती खनाल, रानी खड्का, सुशील राई, समृद्धि सापकोटा, बिरुना राई, अनुस्का संग्रौलाले सृजना गरेका चित्र र मूर्तिहरु राखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here