देश–विदेश हरेक ठाउँमा सबैको मन मुटुमा बस्न सफल गायिका मेलिना राईको सुमधुर स्वरमा ‘तिमीसँगै जीवन बिताउने मन थियो, एक्लै छोडी त्यो मन आज टाढा भै दियो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीत अमर–२ एल्बमभित्र रहेको ६ वटा गीत मध्येको एक हो । नेपाली भाषा साहित्य र कला क्षेत्रमा विगत तीन दशकभन्दा लामो समय बिताएका साहित्यकार, कवि एवम् गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचना रहेको उक्त गीतमा संगीतकार राम कार्कीको संगीत र एरेन्ज रहेको छ ।
ओएस नेपालको प्रस्तुतिमा रहेको उक्त गीतमा इश्वर फुँयाल, सृष्टि आचार्य र साया लामा लगायतको अभिनय रहेको छ । कृष्ण भट्टराई र राजकुमार लामा प्रोडुसर रहेको उक्त गीत कृपा टेलिभिजनको युटुब च्यानलमा रहेको छ ।
























