हिंसा रोक्न सचेतनात्मक स्टीकर टाँस

0
676

भद्रपुर।

महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत भद्रपुरमा अटो तथा सिटी सफारीमा सचेतनामूलक स्टीकर टाँस गरिएको छ ।

भद्रपुर नगरपालिकासहित एबीसी नेपाल, साना हातहरु, विश्व सेवा विस्तार, सामुदायिक प्रहरी–वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा महिला हिंसा न्यूनीकरण सम्बन्धीका नारा लेखिएका चेतनामूलक स्टीकर सिटी सफारी, अटो तथा ट्रकमा टाँसिएको एबीसी नेपालकी झापा संयोजक कञ्चना सिटौलाले जानकारी दिइन् ।

जगत वाग्लेको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । त्यस्तै नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठ, ५ नम्बर वडाका वडाध्यक्ष बन्धु कार्की, सिटी सफारी चालक संघका प्रतिनिधि लगायतले हिंसा न्यूनीकरणका लागि आफैंबाट परिवर्तन शुरु गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख याम श्रेष्ठले सवारी सञ्चालनका क्रममा हुने लैङ्गिक हिंसा र कारवाहीबारे जानकारी गराएका थिए । इन्द्र बिष्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन विक्रम वाग्लेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here