सुरेश खतिवडा,
विश्व एड्स दिवसको पूर्व सन्ध्यामा संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले डरलाग्दो तथ्य सार्वजनिक गरेको छ । प्रत्येक दिन औषत तीन सय २० बाालबालिका र किशोर–किशोरीको एच.आई.भी. संक्रमण भई एड्सले मृत्यु हुने र यो तथ्याङ्कले विश्वभर हरेक घण्टामा १३ जनाको एड्सले मृत्यु हुने प्रष्ट पार्दछ ।
यस्तो हुनुको कारण भने जनचेतनाको कमी र उपचारमा सहज पहुँच नहुनु देखाइएको छ । सन् १९८८ देखि नै हरेक बर्ष झैं बिभिन्न नारासहित प्रत्येक बर्ष अंग्रेजी महिनाको डिसेम्वर १ तारिख ‘विश्व एड्स दिवस’ मनाउने गरिन्छ । यो दिवस नेपालमा भने आज विविध कार्यक्रम गरी मनाइँदैछ ।
यसपटक पनि एड्सका कारण मृत्यु भएकाहरुको सम्झना साथै समुदायबाट नै माहामारीजन्य एच. आई. भी.÷एड्स नियन्त्रणका उपायहरु अपनाउने भन्दै मनाइँदैछ । यसमा समुदायमा समुदायका सदस्यद्वारा सचेतना जगाउने, कण्डम लगायतका साधनहरुको समुचित प्रयोग, चाडो निदान औषधिको समुचित प्रयोग र उपचारमा पहुँचलाई आधार बनाइनेछ ।
के हो एच. आई. भी÷एड्स ?
एच. आई. भी. एक प्रकारको बिशाणु हो जुन रेट्रो समूहमा पर्दछ । यो रोग नभएर बिशाणु हो । जुन बिभिन्न माध्यमले शरीरमा प्रवेश गरेपछि शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई असर गर्दछ । एच. आई. भी. को पूरा अर्थ ज्गmबल क्ष्mmगलय म्भाष्अष्भलअथ ख्ष्चगक हो यसले सेता रक्तकोष अन्तर्गतका टि–हल्पर, टि–लिम्फोसाईट, बि–लिम्फोसाईट कोषहरुलाई आक्रमण गर्दै नष्ट गर्दछ ।
फलस्वरुप व्यक्ति कमजोर हुँदै साना–साना संक्रमणमा पनि जटिलता पैैदा हुने गर्दछ । सराई अवधि छ महिनादेखि १० बर्षसम्म हुने यो बिशाणुको संक्रमण पछिको जटिल अवस्थाहरुको समग्र रुप एड्स हो । यसलाई स्लिम डिजिज, पान्डामिक डिजिज, ग्लोबल इमर्जेन्सी भनेर पनि चिनिन्छ । एड्सको पूरा अर्थ ह्युमन इम्युनो डिफिसियन्सी सिन्ड्रोम हो ।
कसरी सर्छ एच. आई. भी.÷एड्स ?
– एच. आई. भी. प्रत्यक्ष रुपमा बिना कण्डमको प्रयोग संंक्रमितसँंग हुुुुने शारीरिक सम्पर्कबाट सर्ने गर्दछ । यो बिशाणु शरीरका तरल पदार्थहरु रगत, पुरुषको विर्य, महिलाको योनिरसमा रहने गर्दछ । उक्त व्यक्तिसँगको असुरक्षित सम्पर्कबाट स्वस्थ व्यक्तिमा सर्दछ ।
– असुरक्षित तरिकाबाट रगत चडाएमा अथवा संक्रमित व्यक्तिको रगत भुुुलबस चडाएमा ।
– संक्रमित आमाले बच्चा जन्माएमा नयाँ जन्मिएको बच्चामा एच. आई. भी. भाइरस सर्न सक्दछ ।
– कुनै संक्रमित धारिलो वस्तुले छाला छेडेमा अथवा संक्रमित व्यक्तिले प्रयोग गरेको रेजर, निडल–सिरिञ्ज, ब्लेड प्रयोग गरेमा एच. आई. भी. भाइरस सर्नेे गर्दछ ।
के हुन सक्दछ यसको लक्षण तथा चिन्हहरु ?
प्रारम्भिक अवस्थामा स्वस्थ व्यक्तिको शरीरमा एच. आई. भी. भाइरस प्रवेश गरेता पनि कुनै लक्षण तथा चिन्हहरु देखा पर्दैन र रगत परीक्षणमा समेत देखा पर्दैैन । तर, उसले रोगका बिशाणु अरुलाई सार्न भने सक्दछ । यो तीन महिनाको अवधिलाई झ्याली अवधि भनिन्छ । त्यसपछि शरीरमा दागहरु देखा पर्ने, घाँटी दुख्ने, ज्वरो, कमजोरी हुुने हुन सक्दछ ।
दोस्रो चरणमा रगतमा बिशाणुु पोजेटिभ देखिए पनि कुनै जटिल लक्षणहरु देखिएको या उसले अनुभव गरेको हुन्न । यो लामो अवधि रहन्छ ।
त्यस्तैै तेस्रो चरणमा शरीरको तौलको १० प्रतिशतभन्दा बढी तौल घट्ने, शरीरका गाँठागुठीहरु सुनिने, लामो समय पातलो दिसा हुने, लामो समय ज्वरो आउने गर्दछ । जुन एड््सभन्दा अगाडिको चरण हो । जसलाई एड्स रिलेटेड कम्पलेक्स भनिन्छ ।
अन्तिम चरण अथवा एच. आई. भी. संंंक्रमणको अन्तिम रुप एड्स हो जसमा विभिन्न प्रणाली अनुसार नै गम्भीर समस्याहरु देखापर्ने गर्दछ । कलेजो सुनिने, क्षयरोग देखिने, निमोनिया हुने, छालाको जटिल समस्याहरु देखिने गर्दछ । जहाँ रोग प्रतिरोधात्मक प्रणाली नैै प्यारालाइसिस भएको हुने गर्दछ ।
विश्व स्वास्थ्य संगठनले तौल घट्ने, महिना दिनभन्दा बढी ज्वरो र पखाला जस्ता तीन मध्ये मुुुुख्य दुुुुई चिन्ह र अरु सामान्य लक्षणहरु गाँठागुठी, खोकी, छाला संक्रमण मध्ये एक भएमा तुरुन्त रगत जाँच गर्नुु भन्ने गर्दछ ।
कसरी गर्नेे एच. आई. भी.÷एड्सकोरोकथाम तथा नियन्त्रण ?
– कण्डमको प्रयोग एच. आई. भी. संक्रमणबाट बच्ने सबैैभन्दा उत्तम उपाय हो ।
– यौन सम्पर्क श्रीमान्–श्रीमतीबीच मात्र हुनुपर्दछ ।
– कुनै पनि यौन रोगहरु देखा परेको भए तुरुन्त उपचार गराउनु पर्दछ जसले एच. आई. भी. संक्रमणको रिक्स घट्ने गर्दछ ।
– रगत चडाउनु पूर्वको रगत परीक्षणमा विशेष ध्यान दिने ।
– संक्रमण गरिएका ड्रेसिङका सामग्रीहरु र नयाँ ब्लेड सिरिञ्जको मात्र प्रयोग गर्ने ।
– संक्रमित दम्पत्तिले बच्चा नजन्माउनु उचित हुन्छ ।
– संक्रमित व्यक्तिको रेखदेखे र पुनस्र्थापना पनि एक महत्वपूर्ण पक्ष हो । जसमा नियमित कसरत, सन्तुलित आहार, स्वास्थ परीक्षण इत्यादि पर्दछ ।
– एच.आई.भी.÷एड्स रोकथाम र नियन्त्रणका लागि समुदायमा जनचेतना र समुदायका सदस्य मार्फत नै समुदायलाई दुव्र्यसन नियन्त्रण, कण्डम प्रयोग, संक्रमितको शिघ्र उपचारमा पहँुच पु¥याइ दिनु यसको महामारीबाट बचाउनु हो ।

























