पाँचथर,
फिदिम नगरपालिका–१ मा सतारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गजाधर भट्टराई भारी मत अन्तरले विजयी हुनुभएको छ । भट्टराई ४७४ मत अन्तरले विजयीहुनुभएको हो ।
कूल तीन हजार ६७६ मतदातामध्ये दुई हजार ६८२ मत खसेकामा भट्टराईले एक हजार ४४६ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेपाली काँग्रेसका उम्मेदवार सुबराज थापाले ९७२ मत पाउनुभयो । यहाँ यसअघिको चुनावमा काँग्रेसले जितेको थियो ।
त्यसबेला भट्टराई काँग्रेसका हर्क मोक्तानसँग पाँच मतले पराजित हुनुभएको थियो । त्यस्तै, हिलिहाङ गाउँपालिका–७ मा नेकपाका उम्मेदवारलाई पराजित गर्दै नेपाली काँग्रेसका तिलविक्रम इधिङगोले ८४२ मत प्राप्त गरेर नेकपाका गेहनाथ रिजाललाई ३० मत अन्तरले पराजित गर्नुभएको हो ।
कूल दुई हजार ६०० मतदाता रहेको वडामा शनिबार भएको चुनावमा एक हजार ६९३ मत खसेको थियो ।

























