बलात्कार आरोपमा अस्पतालबाटै सिद्धबाबा पक्राउ

0
375

सुनसरी,

बलाल्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउको गरेको छ।

विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा भर्ना भएका गिरीलाई समोमबार विहान त्यहीबाट पक्राउ गरिएको सुनसरीका डीएसपी विनोद शर्माको जानकारी दिए।

एक महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको शर्माले बताए। गिरीले महिलासँग कुराकानी गरेको टेलिफोनको अडियो सार्वजनिक भएको थियो।

गिरीले आफू निर्दोश रहेको दाबी गर्दै आएका छन्। बिरामी परेर अस्पतालमा उपचाररत गिरीलाई अस्पतालबाटै पक्राउ गरेर अनुसन्धान अघि बढाइएको डीएसपी शर्माले बताए।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here