झापामा चारवर्षमा ४४ जना एचआईभी संक्रमितको मृत्यु

0
524

लक्ष्मी उप्रेती / मेचीनगर ।

आइतबार १ डिसेम्बर वा ३२ औँ विश्व एड्स दिवस । विश्व एड्स दिवसका दिन एचआईभी संक्रमणले गर्दा मृत्यू भएका ति सम्पूर्ण संक्रमितहरुको आत्माको चिर शान्तिकालागि दिप पनि प्रज्वलन समेत गरिन्छ । यसवर्षको नारा ‘एचआइभिको नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका’ रहेको थियो । विभिन्न तामाझामका साथ यो दिवसका अवसरमा स्वदेशमा मात्र होइन विदेशमा समेत विभिन्न कार्यक्रमहरु भए ।

पहिलो पटक १९८१ म अफ्रिकामा पहिलो पटक देखिएको एचआईभि एड्स संक्रमण देखिएको थियो । नेपालमा एचआईभीको पहिलो संक्रमण सन् १९८८ मा देखिएको थियो । सन् १९८८ देखि नै हरेक वर्ष डिसेम्बर एक तारिखका दिन एड्स दिवस मनाउने गरिन्छ । संक्रमणको दरलाई घटाउन र एड्सको महामारीलाई अन्त्य गर्ने दीगो विकास लक्ष्यको कार्यक्रमलाई सफल बनाउन समेत यो दिवस मनाउन थालिएको हो ।

हरेक वर्ष विभिन्न नाराका साथ यो दिवस निक्कै तामझामका साथ मनाइएपनि अहिले एड्स संक्रमितहरुको अवस्थाको दयनिय छ । वास्तवमा यो दिवसका अहिलेसम्मका हरेक वर्षका फरक फरक नारा कतिको सार्थक भएका छन् वा यो दिवसले के साच्चै यसको संक्रमण दरमा कमि ल्याएको छ यसतर्फ फर्केर हेर्न जरुरी छ ।

एचआईभिका कुरा गर्दा संसारभरिनै तिनवटा शुन्य अर्थात थ्रि जिरोको अवधारणा अत्यन्त चर्चित छ । प्रथम शुन्यले एचआईभि संक्रमितको मृत्यूदर शुन्यमा पुर्याउने, दोश्रो शुन्यले नयाँ एचआईभि संक्रमण दर शुन्यमा पुर्याउने तेश्रोले एचआईभि संक्रमितप्रतिको भेदभाव दर शुन्यमा पुर्याउने कटिवद्धता जनाँउदछ । अहिले थ्री जिरोको अवधारणा कतिको सार्थकता पाएको छ छर्लङ छ । हुनतः दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्ममा एचआइभिको संक्रमण शुन्यमा झार्ने कार्यक्रम रहेको ।

यसको नियन्त्रणमा सरकारी अनि गैरसरकारी संघ संस्थाहरु प्नि नलागेका भने होइनन् । देशभर यस्ता सरकारी तथा गैरसरकारी संघ संस्था क्रियाशील छन् । उनीहरुको सहयोग मिहिनतका कारणले नेपालीहरुमा एचआईभिप्रति ज्ञान र जनचेतनामा अभिवृद्धि भएको छ । अहिले केही निश्चित समूहमा मात्र यो संक्रमणको सम्भावना रहेको यसका जानकारहरु बताउछन् ।

स्वास्थ्य कार्यालय झापाका एचआइीभ एड्स रोगका फोकल पर्सन कुलबहादुर पौडेलका अनुसार वैदेशिक रोजगारीका क्रममा विदेश जाने कामदार र तिनका परिवारहरु, पुरुषसंग शारीरीक सम्पर्क गर्ने पुरुषहरु, सुइद्वारा नशा सेवनगर्ने ब्यक्तिहरु तथा असुरक्षित यौनकर्म गर्ने महिला यौनकर्मी र तिनका सेवाग्राहीहरु नेपालमा एचआईभीको जोखिममा धेरै भएका समुहहरुमा मूख्यतः पर्ने गरेका छन् । यसलाई कसरी कम गर्ने त भन्ने विषयमा सवैको ध्यान केन्द्रित छ ।

उनका अनुसार अहिले झापामा दर्ता भएका ७ सय ५० जना एचआईभि संक्रमित भएपनि भए पनि ४ सय ६० जनालेमात्र नियमित औषधि सेवन गरिरहेका छन् । २० जना १८ वर्षमूनिका रहेका छन् । जस्मा १ सय ८८ जना महिला, २ सय १० जना पुरुष २८ जना बच्चा रहेका छन् । संक्रमति हुनेमा अहिले पनि महिलाको तुलनामा पुरुष नै धेरै छन् । पुरुषहरु कामको शिलशिलमा विदेशिने भएकाले पनि यो समस्या आएको जानकारहरु बताउँछन् ।

जिल्लामा चार आर्थिक वर्षमा ४२ जना एचआइभि संक्रमितको मृत्यु भएको तथ्याङ्क स्वास्थ्य कार्यालय झापासँग सुरक्षित छ । वितेको आर्थिक वर्ष २०७२÷ ०७३, २०७३÷ ०७४ मा एक —एकजना २०७४÷ ०७५ मा ३२ तथा २०७५÷ ०७६ मा ८ गरी कुल ४४ जनाको मृत्यु भएको पौडेलले बताए ।

सरकारले मुलुकका विभिन्न दुई सय ६५ केन्द्रमा एचआइभि परिक्षणको व्यवस्था गरेको छ भने ६५ वटा एआरटी साइट सञ्चालनमा ल्याएको छ । यस्तै आमाबाट बच्चामा एचआइभी सक्रमण सर्नबाट रोक्न विभिन्न ५५ जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरेको छ । एचआर्इिभ संक्रमितहरुलाई निःशुल्क रुपमा एआरभी भाईरस ओखती खान पाउने सुविधा धेरैजसो जिल्ला अस्पताल र अन्य स्वास्थ्यकेन्द्रहरुमा गरेको छ । एचआइभि संक्रमणको न्यूनिकरणमा नेपालले सहश्राब्दी विकास लक्ष्य हासिल गरिसकेको छ ।

सन् १९८८ मा पहिलो पटक नेपालमा देखिएको एचआइीभ संक्रमण अहिले सन् २०१९ सम्म आइपुग्दा नेपालमा करीव १७ हजार ७ सय ३२ पुरुष तथा १२ हजार २ सय १२ महिला गरी कुल २९ हजार ९ सय ४४ जनामा एचआइभि संक्रमितको अनुमान गरिएको छ । नेपालमा वितेको आर्थिक वर्ष २०७२÷ ०७३ मा २ हजार १ सय ६३ नयाँ संक्रमित फेला पर्दा २ हजार ४ सय १० जना संक्रमितले ज्यान गुमाएका थिए । यसैगरी आर्थिक वर्ष २०७३÷ ०७४ मा १ हजार ७ सय ८१ ज्ना नयाँ पक्ता लागेको र २ हजार ७ सय ७० जना संक्रमितको मृत्यु भएको सरकारी अधिकारीको भनाई छ ।

आर्थिक वर्ष २०७४÷ ०७५ मा १ हजार १ सय १ जना नयाँ पत्ता लगेकोमा २ हजार ५ सय १ जनाको मृत्यु भयो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सन् २०१० को तुलनामा सन् २०१८ सम्म आइपुग्दा ५८ प्रतिशतले नयाँ सक्रमण घटेको छ । विश्वमा ३ करोड ७९ लाख जना एचआइभि संक्रमितको अनुमान गरिएको छ ।

हाम्रो समाजमा एचआईभि एड्स संक्रमितलाई हेर्ने दृष्टिकोण अलि फरक छ । भेदभावरहित समाजको सिर्जना हुन नसक्नु संक्रमण नियन्त्रणको मुख्यः चुनौती भएको डाक्टर लक्ष्मण ठाकुरको भनाई छ । ‘एचआईभी र एड्स दुईटा भिन्न कुराहरु हुन’ वरिष्ठ फिजिसियन डाक्टर ठाकुरले भने—‘एचआईभी एउटा भाईरस हो जसको कारणले एड्सको अवस्थामा पुर्याउछ । एचआईभीलाई अहिले संसारभरिनै एउटा रोग भन्दापनि संक्रमणका रुपमा हेरिन्छ । हरेक एचआईभी संक्रमितहरु एड्स लागेका होइनन् ।’

एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै वृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रमको लागि बहुपक्षीय संलग्नता बढाउने अभिप्रायले विश्वभर एड्स दिवस मनाउन थालिए पनि यसबारेको शिक्षा अझै अपूरो झै छ ।

एचआईभी संक्रमितसंग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआईभी सर्छ भन्ने गफ र केवल भ्रम मात्र भएको स्वास्थ्यकर्मीहरुको भनाई छ । संक्रमितबाट रगत लिएमा संक्रमितले प्रयोग गरेको सुइजन्य छाला छेड्ने औजार प्रयोग गरेमा र संक्रमित आमाबाट जन्मने बच्चाहरुमा मात्र यसको संक्रमण सम्भावना रहने तथा असुरक्षित यौन सम्पर्कका कारण पनि यो सर्न सक्ने सम्भावना बढि हुन्छ । पहिलो एचआईभी संक्रमित भेटिएको तीन दशकमा नेपालमा एड्स रोगी संख्या २४ हजार पुगिसकेको छ । अझ भयावह कुरा, यीमध्ये करीव ९ हजारले मात्र नियमित रूपमा एचआईभि विरुद्ध औषधि सेवन गरिरहेका छन्,यो मुलुकका लागि ज्यादै खतरा रहेको स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

सुरक्षित यौन जीवनकालागि हरेक स्वास्थ्यचौकी र ओखती पसलमा कण्डम पाईन्छ भने विस्तारै यौन, प्रजजन स्वास्थ्य, अधिकार तथा यौनजन्य संक्रमणहरुमा खुल्लारुपमा कुरा हुन थालेको छ । स्कूलका पाठ्यक्रममा पनि यौनजन्य संक्रमण र एचआईभिका कुराहरु पढाइनाले आँउदा पुस्ताहरु यस्ता जोखिमपूर्ण क्रियाकलापविरूद्ध समयमै सचेत हुनसक्ने स्वास्थ्यकर्मी शशीकला राईको भनाई छ ।

एक त यौनजन्य क्रियाकलापकालागि अत्यन्त संकुचितत समाज अनि असुरक्षित यौनजन्य क्रियाकलापहरुका कारणले हुने संक्रमण भएकाले नेपालमा एचआईभि संक्रमितहरु धेरै समयसम्म लुकेर बस्थे तर उपचारात्मक अनि परामर्शात्मक सुधिातर्फ जाने गर्दैनथे । समाजमा थाहा भएपछि धेरै जना एचआईभि संक्रमितहरुले अवहेलना सहनु परेका कारण यसको नियन्त्रणमा चूनौति थपेको उनको भनाई छ । अब हरेक मानिसले एअचाईभि एड्स संक्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरे यो समस्या कम हुने मेचीनगर स्वास्थ्य शाखाकी संयोजक समेत रहेकी राईको विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here