बुद्धशान्तिमा चासोक तङनाममा बिभिन्न कार्यक्रम गर्ने

0
640

बुधबारे ।

याक्थुम लिम्बु तथा राई, याक्खा, सुनुवारहरुको महान् पर्व चासोक तङनामको अवसरमा झापाको बुद्धशान्तिमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाईने भएको छ ।

आउँदो मंसिर २१ गते देखि २७ गते सम्म बुद्धशान्ति–४ स्थित टिमाई शिवर क्याम्पमा लाग्ने मेलामा विभिन्न जातिय पहिचान झल्काउने सांस्कृतिक झाँकीहरु, केलाङ, यालाङ, सिलिसाकेला, लगायत पेगी फाङ्सामहरुका भव्य प्रस्तुति, सामुहिक चासोक थिसोक (न्वाँगी), राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती, नृत्य तथा गायन प्रतियोगिता, अनुष्ठान, भलिबल, हन्डि फुटाई, लठ्ठा तानी, पक्लुङ् (छेलो), लिङ्गो चढ्ने लगायतका खेलहरु र चराचर जगत्का सृष्टिकर्ता यूमामाङ को आरधना गरि यूमासाम्हरुद्वारा प्रवचन टिका तथा प्रसाद वितरण लगायतका विभिन्न कार्यक्रमहरुको आयोजना गरिने तङनाम समितिका अध्यक्ष करण योङहाङले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

भाषा, लिपी, धर्म, संस्कार, संस्कृति र पहिचान बचाउनका लागि एक हौँ भन्ने मुल नाराका साथ चासोक तङनाम समिति बुद्धशान्तिको आयोजना हुन लागेको चासोक तङ्नाम कार्यक्रमलाई सभ्य र भव्य बनाउन लागिपरेको पत्रकार सम्मेलनमा बताइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here