आज २८ औं अन्तर्राष्ट्रिय अपा‌ंगता दिवस विभिन्न कार्यक्रम गरी मनाइदैं

0
1640

काठमाडौं ।

अपांगता भएका ब्यक्तिहरुको २८ औं अन्तर्राष्ट्रिय दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँछ।

अपांगता भएकाहरुको मानव अधिकारका विषयमा वकालत गर्दै यो दिवस मनाउने गरिन्छ। ुदिगो विकासको लक्ष्य अपाङगमैत्री भविष्यु भन्ने नाराका साथ दिवस मनाईदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन १९९२ देखि यो दिवस मनाउन सुरू गरिएको हो।

नेपालमा सन् १९९३ देखि दिवस मनाउन थालिएको हो। २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङगता भएका ब्यक्तिहरुको संख्या सांढे पाँच लाख छ। दिवसका अवशरमा राष्ट्रपति विद्यादेवी भण्डारीले फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व भएको बताएकी छन्।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गरिएको उल्लेख गरेका छन्।–थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here