धनकुटा।
धनकुटाको महालक्ष्मी नगरपालिका–६ मुंगालीगाउँ बस्ने ५२ बर्षीय लाल बहादुर कार्कीको भीरबाट लडेर मृत्यु भएको छ ।
आईतवार राती साँढे ७ बजे घरबाट निस्किएका कार्की सोमवार दिउँसोसम्म घर फर्किएर नआएपछी आफन्तहरुले खोजतलास गर्ने क्रममा सोमवार दिउँसो १ बजे छुम्लिङ भीर मुनी मृत अबस्थामा पेला परेका थिए ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।































