चिनी मिलद्वारा उखुको मूल्य निर्धारण

0
1214

कञ्चनपुर,

बेलौरी नगरपालिकाको शिवनगरमा रहेको महाकाली चिनी मिलले उखुको मूल्य निर्धारण गरेको छ ।

चिनी मिल सञ्चालक र उखु उत्पादक किसान हक हित संरक्षण समितिबीचको सहमतिमा उखुको मूल्य निर्धारण गरिएको हो । सहमतिअनुसार अर्लि जातको उखुको मूल्यप्रति क्वीन्टल रु ४४०, सामान्य उखुको मूल्यप्रति क्वीन्टल रु ४१६ र कमसल खालको उखुको मूल्यप्रति क्वीन्टल रु चार सय तोक्ने सहमति भएको चिनी मिलका अध्यक्ष राजेश्वर शाहले बताउनुभयो ।

चिनी मिलले आजदेखि उखु सङ्कलनसँगै तौल गर्ने कार्य समेत शुरु गरेको छ । मिलले किसानको उखुको तौल लिने काम कोडका आधारमा गर्ने जनाइएको छ ।

किसानलाई कोड र पर्चि नम्बर दिइने त्यसकै आधारमा किसानलाई मोबाइलमा म्यासेज पठाएर तौल लिने गरी व्यवस्था मिलाइको खबरदारी तथा पैरवी समिति बेलौरीका संयोजक हरेन्द्र विष्टले बताउनुभयो । उखु किसानले अनुदानको पूरै रकम भने पाउन सकेका छैनन् ।

उखु किसानसँग गरेको सहमति अनुसार रु ६५ प्रति क्वीन्टल दिने भनिए पनि किसानले मूल्यको ३० प्रतिशत मूल्य अझै पाएका छैनन् । किसानसँग गरेको सहमतिको रु २३ करोडको मूल्यमा हालसम्म सरकारले रु १६ करोड उपलब्ध गराए पनि अझै रु सात करोड तीन लाख दिन बाँकी रहेको संयोजक विष्टले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here