नाटक घर निर्माणका लागि एक थान इट्टा अभियान शुरु

0
680

बिर्तामोड ।

झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुजाती ,बहुभाषी , बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि एक थान इट्टा अभियान शुरु गरिएको छ ।

क्षितिज नाट्य समूह झापाको अगुवाईमा प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेको झापा नाटक घर निर्माणमा सवै जातजाती ,भाषभाषीको अपनत्व गराउने उद्धेश्यले एक थान इट्टा अभियान शुरु गरिएको क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण ब्यबस्थापन समितिका सचिव झापाली युवा रंगकर्मि माधब कल्पितले जानकारी दिए ।

सवैको साथ र सहयोगविना बहुजाती ,बहुभाषी , बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण सम्पन्न नहुने भएकाले धनी ,गरीव सवैले मेरो झापा नाटक घर भनेर गर्व गर्न लायक बनाउन एक थान इट्टा अभियान शुरु गरिएको उनले बताए ।

बिर्तामोड– १ का मनोज निरौलाले निः शुल्क प्रदान गरेको साढे तीन कठ्ठा जग्गा र उनकै छ कठ्ठा जग्गा १० वर्ष लिजमा लिएर गत असार ११ गते निर्माण कार्यको थालनी गरिएको बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको निर्माणका लागि लागि एक करोड २४ लाख रुपैयाँ आवश्यक रहेको मध्ये करिब ३०  लाख बराबरको निर्माणकार्य सम्पन्न भइसकेको र अन्य कार्यका लागि संघ र प्रदेश सांसद बिकासकोषबाट २५ लाख रुपैयाँ विनियोजन भइसकेको झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईंले जानकारी दिए ।

एक बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको झापा नाटक घर ८० फुट लम्बाई र ७० फुट चौडाइको रहने र नाटक घरभित्र दर्शक प्रेक्षालय, कलाकार आवास गृह, भोजनालय, कार्यालयसहित तीन सय ५० जना दर्शक क्षमता भएको भवन रहने झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सह संयोजक बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिए ।

बहुजातीय, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर अन्तर्गत पहिलो चरणमा झापा नाटक घर निर्माण कार्यसम्पन्न गरी संग्रहालय निर्माणमा जुट्ने क्षितिज नाट्य समूहको लक्ष्य र उद्देश्य अन्तर्गत एक बर्षमा नाटक घरको निर्माण कार्य सम्पन्न गरी बहुजातीय, बहुसांस्कृतिक संग्रहालय निर्माणमा जुट्ने क्षितिज नाट्य समूह झापाका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारीले जानकारी दिए ।

झापा नाटक घर निर्माणका लागि एक थान इट्टा अभियान सञ्चालन गरिएको र यस अभियानमा सरिक भएर प्रदेशबासीकै साझा गौरवको झापा नाटक घर बनाउन क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण ब्यबस्थापन समितिका सचिव माधब कल्पितले सवैसंग अनुरोध गरेका छन् ।

यसैवीच बिर्तामोडमा रहेका कमर्शियल तथा बिकास बैकका प्रमुखहरुले बहुजाती ,बहुभाषी , बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि एक थान इट्टा प्रदान गर्ने घोषणा गरेका छन् ।

बिर्तामोडमा रहेका कमर्शियल तथा बिकास बैकका प्रमुखहरुको बिर्तामोडमा भएको मासिक बैठकमा यस्तो घोषणा गरेको एक्सल डेभलपमेन्ट बैकका सिइओ दिनेशराज पोखरेलले जानकारी दिए ।

बैठकमा क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण ब्यबस्थापन समितिका सचिव माधब कल्पितले बहुजाती ,बहुभाषी , बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण अभियानको अबधारणा प्रस्तुत गरे पश्चात् बैकका कार्यालयको तर्फबाट एकमुष्ठ उ्ल्लेखनिय सहयोग गर्ने र सबैलाई अभियानको सहयात्री बन्न आफुहरुबाट एक थान इट्टा प्रदान गर्दै ऐक्यबद्धता जाहेर गरेको उनले बताए ।

बिर्तामोडमा रहेका कमर्शियल तथा बिकास बैकका प्रमुखहरुले गरेको यस्तो घोषणाले एक थुकी सुकी ,सवै थुकी नदी भन्ने उखान चरितार्थ भएको नेपाल च्याम्बर अफ कमर्शका पूर्व अध्यक्ष सन्तोष अग्रवालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here