झापामा महिनावारी भाग्यवारी कार्यक्रम सञ्चालन: आफ्नै घरमा हिंसा पर्छन महिला, विद्यार्थीलाई सचेत गराउँदै– इनिसिएसन

0
1397

झापा।

महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेका बेला आफ्नै घरमा महिलाहरु विभिन्न बहानामा हिंसामा पर्नेै गरेको बताइएको छ ।

महिलाको स्वास्थ्यको विषयलाई लिएर विभिन्न बहाना बनाएर महिला हिंसाका घटनाहरु हुने गरेको इनिसिएसन फर चेन्ज नामक संस्थाले जनाएको छ । सुरुवात परिर्वतनको भन्ने सन्देश बोकेको इनिसिएसन फर चेन्ज नामक संस्थाले महिनावारी भएको बेला महिलाहरु आफ्नै घरमा हिंसामा पर्ने गरेको बताएको छ ।

नियमित रुपमा हुने महिनावारीका कारण महिला अपवित्र र बिटुलो नहुने तर रुढीवादी सोचका कारण महिलालाई अपवित्र भन्दै पाठपूजा नचल्ने अपवित्र बनाउने कारणले गर्दा महिलाहरु आफ्नै घरमा हिंसामा पर्ने गरेको संस्थाकी अध्यक्ष बिबिसा बुढाथोकीले बताइन् ।

महिनावारी महिलाको प्रजनननसँग जोडिने विषय हो । तर रुढीवादी परम्परा र अन्धविश्वासका कारण महिला हिँसाको प्रमुख कारण बनेको उनको भनाई छ । महिनाबारी हाम्रो भाग्यबारी कार्यक्रम सञ्चालन गरेर इनिसिएसन फर चेन्ज संस्थाले धेरै किशोरीहरुलाई यस विषयमा सचेतना जगाउने काम गरिसकेको अध्यक्ष बुढाथोकीले बताइन् ।

महिनावारी हुँदा पूजाआजमा सहभागी हुनु हुँदैन, चोखो कुरा छुन हुँदैन भन्ने मान्यता कायमै रहेको महिनावारी हुँदा प्रयोग गरेका कपडाहरु लुकाएर सुकाउने, अरुले विगार गर्ला भन्ने, बोटविरुवा छुन नहुने, छोए फल विग्रन्छ भन्ने मान्यता अझै पनि कायम रहेको उनको भनाई छ ।

महिनाबारी वार्ने चलन छैन भन्दाभन्दै पनि चोखो कुरा छुन नहुने पूजा आजा गर्न नहुने भनेपछि यो पनि एउटा विभेद भन्दै महिनावारीको नाममा महिलामाथि हुने हिसाका साथै महिलालाई दिएको मानसिक यातना भएको अध्यक्ष बुढाथोकीले बताइन् । उनले महिनावारी नहुने हो भने कुनै पनि सन्तानको जन्म नहुने तर महिनावारीलाई अपवित्र भन्ने यो कस्तो प्रचलन हो भन्दै यसका लागि सचेतना आवश्यक रहेको उल्लेख गरिन् ।

उनले झापाका र काठमाण्डौंका १५ भन्दाबढी विद्यालयका पाँच हजार विद्यार्थीलाई महिनावारीको विषयमा सचेतना फैल्याएको जानकारी दिइन् । अध्यक्ष बुढाथोकीले भनिन्– महिनावारी हाम्रो भाग्यबारी हो । किशोरीले पहिलो पटक महिनावारी हुदाँ अप्नाउनु पर्ने सचेतना, घरमा अभिभावकलाई यस विषयमा जानकारी गराउन जरुरी छ ।

सफा पानी, सुरक्षित र लैङ्गिकरुपमा छुटाइएका चर्पीको अभाव, लाजको अनुभूति र असजिलोपना लगायतका समस्या किशोरी तथा महिलाले भोग्दै आएका छन् । ती समस्यालाई सम्बोधन गर्न नसक्दा कति छात्राले विद्यालय तह नै पूरा गर्न पाउँदैनन्, कति हिंसामा पर्ने गरेको अध्यक्ष बुढाथोकीले बताइन् । पछिल्लो समय नेपालमा महिला र किशोरीले भोग्नु परेका महिनावारीसम्बन्धी समस्या तथा व्यवधानलाई सम्बोधन गर्नका लागि आफुहरुले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाई छ ।

महिनावारी हुँदा सरसफाइमा विशेष ध्यान जरुरी रहेको र अझै पनि कतिपय ग्रामीण भेगमा महिनावारीको समयमा फोहोर कपडा प्रयोगमा ल्याइने गरिन्छ । जस्तासुकै कपडा पनि प्रयोगमा ल्याउनुले विभिन्न समस्या निम्त्याउँछ । यस्ता कारणले गुप्तांगमा संक्रमणको समस्या हुन्छ । महिलामा प्याड प्रयोगबारे सचेतना हुन आवश्यक उनले बताइन् । महिनावारीका बेला सचेत नहुदाँ धेरै महिलामा पाठेघरको क्यान्सर हुने गरेको अध्यक्ष बुढाथोकीको भनाई छ ।

यसैबीच भर्खरै महिनावारी सुरु भएका किशोरीमा आवश्यक पोषणको अभाव हुने र त्यसैले यो वेला पर्याप्त मात्रामा पौष्टिक आहार खानुका साथै विशेषगरी,अन्डा, माछा–मासु, हरियो सागसब्जी र फलफूल खान आवश्यक रहेको बुढाथोकीले बताइन् । उनले झापाको बिर्तामोडमा पुसको पहिलो साता सम्ममा महिनावारी हाम्रो भाग्यबारी भन्ने सन्देश फैल्याउन कार्यक्रमको आयोजना गरिने बताइको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here