सर्भिस सप्ताहमा सुस्तश्रवण भएका र अपाड्डता भएका बालबालिकालाई सहयोग

0
605

बिर्तामोड।

लायन्स क्लब अफ बिर्तामोड लेडीले सर्भिस सप्ताहको अवसरमा सुस्त श्रवण भएका र अपाङ्गता भएका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

संस्थाले कनकाई नगरपालिका–८ स्थित हिमाली माविमा अध्ययनरत् सुस्त श्रवण भएका २१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष उर्मिला विमली खरेलको अध्यक्षता तथा कनकाई नगरपालिका–८ कि वडा सदस्य सुनिता सिग्देलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी सदस्य दुर्गा पौडेलले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा च्याम्बर्स अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पार्वता खरेल विमली, लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष जीवन खड्का, पूर्व अध्यक्ष सत्यनारायण शर्मा, लायन्स क्लव अफ बिर्तामोड सिटीका अध्यक्ष निरज ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक केशव ओझाले सहयोगी दातालाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी नम्रता रिजाल ढकालले गरेकी थिइन् ।

त्यस्तै संस्थाले कनकाई नगरपालिका–४ स्थित पुकार अपाङ्ग असक्त समाजका बालबालिकालाई नगद, न्यानो कपडा, खानेपानीको ट्यांकी वितरण गरेको छ । लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष उर्मिला विमली खरेलको अध्यक्षता तथा कनकाई नगरपालिका–४ का वडाध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुकार अपाङ्ग असक्त समाजकी अध्यक्ष निर्मला ओझाले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा डिस्ट्रिक ३२५ ए १ नेपाल अन्तर्गत एरिया १ का एरिया चिफ लीलाप्रसाद चिमरिया, कन्काई सामुदायिक वनका अध्यक्ष ख्याम ओली, सचिव मान्ता खरेल, बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पार्वता खरेल विमली, बजार व्यवस्थापन समिति सुरुङ्गाका अध्यक्ष देवी खरेललगायतले नगद, खाद्यान्न, न्यानो कपडा वितरण गरेका थिए ।

सोही कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड लेडीकी सदस्य तथा कार्यक्रम संयोजक कान्ता दाहालले हाल अष्ट्रेलियामा रहेका उनका छोरा आकाशदीप सुनुवारले पठाएको नगद १० हजार, न्यानो कपडा र खानेपानीको ट्यांकी पुकार अपाङ्ग असक्त समाजलाई हस्तान्तरण गरेकी थिइन् । त्यस्तै जीवन विद्या स्मृति प्रतिष्ठान बुद्धशान्तिले समेत पुकार अपाङ्ग असक्त समाजलाई नगद १० हजार प्रदान गरेको थियो । उक्त रकम जीवन विद्या स्मृति प्रतिष्ठान बुद्धशान्ति कि अध्यक्ष निशा श्रेष्ठले हस्तान्तरण गरेकी थिइन् । कार्यक्रमको सञ्चालन मनिषा विमलीले गरेकी थिइन् ।

त्यस्तै लायन्सको सर्भिस साप्ताहिक कार्यक्रम अन्तरगत लायन्स क्लब अफ कनकाई सुरुङ्गाले कनकाई नगरपालिका वडा नं. १ मा रहेको सुुस्त मनस्थिति सरोकार समाज नेपालमा रहेका अपाङ्गता भएका बालबालिकाहरुलाई खाद्यान्न, लत्ताकपडा लगायतका समग्री वितरण गरेको छ ।

कार्यक्रममा तीन सय केजी चामल, २० केजी चिउरा, १० केजी दाल, ५० केजी आलु, १० केजी तेल, पाँच केजी घ्यू, २५ केजी आँटा, १० थान ब्लाङकेट, नौ थान तन्ना तथा अन्य खानाका परिकारसहित ४० हजार बराबरीको सामग्री वितरण गरिएको थियो ।

लायन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष गंगाराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा डिस्ट्रिक ३२५ ए १ नेपाल अन्तर्गत एरिया १ का एरिया चिफ लीलाप्रसाद चिमरियाको प्रमुख आतिथ्य रहेको थियो । जोन चियर पर्शन रुपनारायण खतिवडाको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक मनोज बस्नेतले स्वागतसहित औचित्य माथी प्रकाश पारेका थिए ।

कार्यक्रममा सुस्त मनस्थिति सरोकार समाज नेपालकी अध्यक्ष भागिरथा चापागाईले संस्थाले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सञ्चालन क्लबका सचिव सञ्जय गजुरेल एमजेएफले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here