ताप्लेजुङको होटल तागेरामा एक पुरुष मृत फेला

0
909

ताप्लेजुङ ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङको सदरमुकाम फुङ्लिङ स्थित बसपार्क नजिकैको तागेरा होटलमा एक पुरुष मृत भेटिएका छन्।

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं ९ बस्ने ३६ वर्षीय अशोक भनिने भीमकुमार मादेन लिम्बू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार ताप्लेजुङ घुम्न आएका उनी होटल बुक गरेर कोठामा छिरेका थिए। महिला आफन्तसहित होटलमा बसेका मादेनको मृत्यु भएपछि ती महिला आफन्त र होटल साहुले प्रहरीलाई खबर गरेका थिए। उनको साथबाट उनले प्रयोग गर्दै आएका मुटुको औषधी पनि भेटिएको प्रहरीले जनाएको छ।

‘मृतक मादेन प्रेशर र मुटुका बिरामी रहेको उनका बुवाले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here