तेस्रो कप्तानबारी फुटबल प्रतियोगिताको उपाधि झापालाई

0
518

अर्जुनधारा ।

झापाको अर्जुनधारा–६ स्थित कप्तानबारीमा जारी तेस्रो कप्तानबारी जिल्ला स्तरिय नकआउट फुटबल प्रतियोगिता–२०७६ को उपाधि झापा फुटबल क्लबले जित्न सफल भएको छ ।

स्थानीय दिपज्योती खेल मैदानमा बिहीबार सम्पन्न भएको फाइनल खेलमा शनिश्चरे फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा एफसीले उपाधि जित्न सफल भएको हो ।

झापाको जितको लागि खेलको ५३औं मिनेटमा रोमन तामाङले गोल गरेका थिए । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद पुरस्कार ३० हजार र २० हजारसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यसैगरी प्रतियोगिताको म्यान अफ दी टुर्नामेन्ट शनिश्चरेका सौरभ लिम्बू, फाइनल खेलको म्यान अफ दी म्याच झापाका सुभम राया, बेस्ट गोलकिप्पर झापाका राजकुमार लिम्बू, बेस्ट डिफेन्स शनिश्चरेका प्रमोद चौधरी, बेस्ट मिडफिल्डर झापाका गोकुल राजवंशी, बेस्ट फरवार्ड झापाका गणेश मुर्मु र हाएस्ट स्कोरर बिर्तामोड युनाइटेडका आशिष चापागाईं घोषित भएका थिए ।

विजेता र उपविजेता टिमका खेलाडीहरुलाई नगर कार्यपालिका सदस्यद्धय बलदेव गोम्देन र लोकनाथ गौतम, नगर सभा सदस्यद्धय माया खाती र लक्ष्मी महतरा, नगर खेलकुद विकास समितिका अध्यक्ष अर्जुन मेचे, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले “मामा”लगायतले पुरस्कारहरु प्रदान गरेका थिए ।

कप्तानबारी युवा क्लबको आयोजनामा आयोजित प्रतियोगिताको प्रथम पुरस्कार दाता हरिशचन्द्र बाँस्तोला र द्धितीय पुरस्कार दाताद्धय चन्द्र प्रसाईं र हरि ओलीले प्रायोजन गरेका थिए ।

क्लबका अध्यक्ष श्याम दनुवारको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा स्थानीय देवी पाथीभरा इङलिस स्कूलका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन करातेका राष्ट्रिय प्रशिक्षक दुर्गाराज निरौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here