सडक बन्यो विज्ञापन गर्ने थलो

0
441

दमक।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको अहिलेको क्षेत्र न्यूनतम् ८२ फुट हो । यो क्षेत्रभित्र न कुनै भौतिक संरचना बनाउन पाइन्छ न त कुनै होर्डिङ बोर्ड नै राख्न पाइन्छ ।

सडक ऐनले यी कुराहरुमा बन्देज लगाएको भए पनि झापाको दमकस्थित मावा पुल पूर्व रतुवा खोलासम्मको मात्र करिव ७ किलोमिटर क्षेत्रभित्र सडकमा हेर्ने हो भने सडक अतिक्रमण गरेर सयांै होर्डिङ वोर्ड राखिएका छन् ।

तर, नियमनकारी निकाय सडक विभाग, दमक नगरपालिका भने वेखवर छन् । विज्ञापन गर्न सडकमा अहिले दमकमा मात्र होइन झापाको काँकरभिट्टादेखि मावा खोलासम्मको ५५ किलोमिटर क्षेत्रभित्र जताततै होर्डिङ वोर्ड राखिएका छन् ।

तर, त्यही होर्डिङ बोर्ड दुर्घटनाको मुख्य कारण भएको सडक प्रयोगकर्ताहरुले गुनासो गर्दै आएका छन् । सडक दुर्घटनाको कारक सडकमा राखिएका होर्डिङ वोर्ड भएको दमक ट्राफिक प्रहरी कार्यालयका प्रमुख यज्ञराज शर्माको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here