८२ वर्षको उमेरमा सम्बन्धविच्छेद

0
591

झापा।

पछिल्लो समय सानै उमेरमा विवाह गर्ने र सम्बन्धविच्छेद गर्नेहरुको संख्या बढ्दै छ । तर, ८२ वर्षको उमेरमा सम्बन्धबिच्छेद भयो भन्दा पत्यार नलाग्न सक्छ ।

जिल्ला अदालत अर्घाखाँचीमा ८२ वर्षीय वृद्धले सम्बन्धबिच्छेद गरेका छन् । भूमिकास्थान नगरपालिका–७ नुवाकोट कवेली पोखरा निवासी ८२ वर्षीय इश्वरीप्रसाद खनालले आफ्नी ५३ वर्षीया श्रीमती कमला खनालसँग सम्बन्धविच्छेद गराएका हुन् ।

२०५६ सालको असार १७ गते खनालले हालको पाणिनी गाउँपालिका साविकको पाली गाविस निवासी कमला आचार्यसँग दोस्रो विवाह गरेका थिए । पहिलेकी श्रीमतीबाट छोरा नभएको भन्दै उनले दोस्रो श्रीमती कमलालाई भित्र्याएका थिए ।
झण्डै दुई वर्षसम्म सन्तान नजन्मेपछि उनी माइतैमा बस्दै आएकी थिइन । विवाह भएको १८ वर्षपछि ईश्वरीप्रसाद र कमलाको सम्बन्ध विच्छेद भएको हो ।

लामो समयसम्म सँगै नबसेका दिदी भिनाजुलाई पछिका कार्य गर्न सजिलो होस् भनेर सम्बन्ध विच्छेद गरेको कमलाकी बहिनी बिमलाले जानकारी दिइन् ।

प्रेम विवाह, श्रीमान विदेशिनु, श्रीमतीको बारेमा घरपरिवार तथा श्रीमानले अनावश्यक शंका–उपशंका गर्नु, परिवारमा मेलमिलाप नहुनु, दिनहुँ जसो झैझगडा भइरहनुजस्ता विषय नै सम्बन्धबिच्छेदको प्रमुख कारण बन्ने गरेका छन् ।

सूचना प्रविधिको बढी प्रयोग, समाजमा बढ्दै गएको खुल्ला यौनसम्बन्ध, छोरीछोराको चाहना विपरीत घर परिवारले विवाह गरिदिनु, आफूले चाहेको मानिससँग विवाह गर्न परिवार तथा समाज बाधक बन्नु, घरपरिवार र श्रीमानले श्रीमतीको ख्याल नगर्नुजस्ता कारणले पनि सम्बन्ध बिच्छेदका घटनामा वृद्धि भएको सरोकारवालाहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here