‘स्वास्थ्य स्वयम्सेविकाका कारण मृत्यु दर घट्यो’

0
776

बिर्तामोड।

झापामा महिला स्वयम्सेविकाको संख्या ६ सय २५ छ । उनीहरुले शहरदेखि गाउँ–गाउँसम्मका जनतालाई स्वास्थ्य सम्बन्धी सूचनासँगै मातृ–शिशु स्वास्थ्य, शिशु तथा बालबालिकाको स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । जसका कारण मातृ मृत्युदरसँगै बालमृत्यु दर समेत घटेको छ भने नवजात शिशुलाई स्वस्थ राख्न समेत सहयोग पुगेको छ ।

सरकारले जनस्वास्थ्य कार्यक्रम प्रवद्र्धन, स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार सम्बन्धी सन्देश सबैलाई पु¥याउन र सरकारी स्वास्थ्य संस्थालाई सघाउन स्वयम्सेविका परिचालन गरेको हो । सोही अनुरुप झापामा २०४६ साल यता महिला स्वास्थ्य स्वयम्सेविकाले निःस्वार्थ सेवा गरिरहेको महिला स्वास्थ्य स्वयम्सेविका झापाकी अध्यक्ष निर्मला सुवेदी नेपालले बताइन् ।

उनले भनिन्– झापामा मात्र होइन देशभरकै महिला स्वास्थ्य स्वयम्सेविकाले अहिले मातृ मृत्युदर, बाल मृत्युदर घटाउँदै नवजात शिशुलाई स्वस्थ राख्न देशका कुना कन्दरामा पुगेर सहयोग पु¥याइरहेका छन् । जसका कारण नेपालमा बाल मृत्युदर, मातृ मृत्युदर घटेर गएको छ । रातदिन नभनी हामीले गरेको प्रयासले नेपालले अवार्ड समेत जितेको छ– नेपालले भनिन्– ‘हामीले गरेको मेहनतका कारण झापा देशमै उत्कृष्ट बन्यो ।’

१६औं महिला स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै नेपालले भनिन्– पहिला हामीलाई महिला स्वयम्सेविका भनेर राज्यले चिनेको समेत थिएन, अहिले हामीलाई राज्यले हेरेको अवस्था छ । अहिले मासिक ५ सय देखि २५सयसम्म पारिश्रमिक समेत दिन थालेको छ ।’ गाउँ नगरका महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्य प्रर्वद्धनमा अहम् भूमिका भन्ने मूल नाराका साथ बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविकाले रक्तदानसहित सरसफाई गरेका थिए ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख पवित्रा महतरा प्रसाईले महिला स्वास्थ्य स्वयम्सेविकाले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेकी थिइन् । सो अवसरमा २१ जना महिला स्वास्थ्य स्वयम्सेविकाले रक्तदान गरेको बिर्तामोड नगरपालिका स्वास्थ्य शाखा हेल्थ असिस्टेन्ट ओमबहादुर खड्काले जानकारी दिए ।

नेपालको स्वास्थ्य नीति अनुसार आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमै पु¥याउने उद्देश्यलाई साकार गराउन आर्थिक वर्ष २०४५÷०४६ सालमा तत्कालीन स्वास्थ्यमन्त्री (पूर्व राष्ट्रपति) डा. रामवरण यादवको कार्यकालमा स्वास्थ्य स्वयम्सेवक कार्यक्रम लागू गर्ने निर्णय भएको थियो । सोही निर्णय अनुसार अहिले देशभर करिव नौ हजार महिला स्वास्थ्य स्वयम्सेविका कार्यरत् छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here