राम र विकासलाई झापामा भव्य स्वागत

0
838

बिर्तामोड।

हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन २’ को टप ४ मा झापाका दुई जना प्रतियोगी पर्न सफल भएका छन् ।

झापा बिर्तामोडका राम लिम्बू, र अर्जुनधाराका विकास लिम्बू आफूलाई अब्बल सावित गर्दै लाईभ राउण्डको टप ४ मा पर्न सफल भएका हुन् । लाइभ राउण्ड अर्थात् भोटिङमा पुगेपछि झापाका यी प्रतिस्पर्धीहरु आफ्नो राम्रो प्रस्तुति दिएर दर्शकको भोट आफूतिर तानेर उपाधि हत्याउन प्रयासरत् छन् । ‘द भ्वाइस अफ नेपाल सिजन २’ को टप ४ मा पुगेका राम लिम्बू र विकास लिम्बूले गृह जिल्ला झापा आएर आफ्नो प्रस्तुति मार्फत झापाली दर्शक तथा समर्थकको मन जितेका छन् ।

भ्वाइस अफ नेपालले गृह जिल्ला परिक्रमा गराउने कार्यक्रम अन्तर्गत आफ्नो गृह जिल्ला झापा आएका उनीहरुले चन्द्रगढी विमानस्थलमा उत्रना साथ एकअर्काप्रति आत्मीयता प्रदर्शन गर्दै एकसाथ फोटो सुट गर्दै समर्थकको मन जित्ने प्रयास गरेका थिए । दुवै प्रतिभालाई आ–आफ्ना समर्थकले चन्द्रगढी विमानस्थलदेखि स्कर्टिङ गर्दै नगर परिक्रमा गराएका थिए ।

‘द भ्वाइस अफ नेपाल सिजन २’ को टप ४ मा पुगेका राम लिम्बूले बिर्तामोडको हनुमान सेन्ट्रल अगाडि आयोजित कार्यक्रममा आफ्नो प्रस्तुति दिएका थिए । उनले ‘द भ्वाइस अफ नेपाल सिजन २’ को टप ४ मा पुर्याएकोमा दर्शकलाई धन्यवाद दिँदै प्रतियोगितामा विजयी बनाउन आपूmलाई धेरैभन्दा धेरै भोट गर्न आग्रह समेत गरेका थिए ।

रामलाई भोट गर्नका लागि म्यासेज बक्समा गएर ०८ टाइप गरी नेपालबाट ३७००० नम्बरमा एसएमएस पठाउनु पर्ने राम लिम्बू जिताऔं अभियानका संयोजक आशिष बुढाथोकीले जानकारी दिए । त्यस्तै कतारबाट भोट गर्दा म्यासेज बक्समा ०८ टाइप गरी ९२३०० नम्बरमा एसएमएस पठाउनु पर्नेछ । त्यसैगरी इण्डियाबाट भोट गर्नलाई म्यासेजमा ०८ टाइप गरी ५३०१० मा एसएमएस पठाउनु पर्नेछ भने प्रभु पे एप्स डाउनलोड गरी अनलाइनबाट पनि बिश्वभरबाट भोट गर्न सकिने उनले बताए ।

त्यस्तै ‘द भ्वाइस अफ नेपाल सिजन २’ को टप ४ मा पुगेका विकास लिम्बूलाई शनिश्चरे बजारमा आयोजित कार्यक्रममा अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधि र उनका समर्थकले स्वागत गरेका थिए । अर्जुनधारा नगरपालिका वडा नम्बर १ खुदुनावारी घर भएका लिम्बूलाई अर्जुनधारा नगरपालिकाले लिम्बूलाई स्वागत तथा सम्मान गरेको थियो ।
अर्जुनधाराको शनिश्चरे बजार र खुदुनाबारीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमसहित आयोजना गरिएको सांगीतिक कार्यक्रममा लिम्बूले गीत प्रस्तुत गरेका थिए ।

विकास लिम्बू जिताऔं अभियानको आयोजनामा भएको सांगीतिक कार्यक्रममा लिम्बूले गीत प्रस्तुत गरेर भ्वाइस अफ नेपालको बिजेता बनाउन आपूmलाई धेरैभन्दा धेरै भोट गर्न आग्रह समेत गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा नगरको भाषा, कला, साहित्य र संस्कृतिक प्रवद्र्धन समितिका संयोजक सुशिला सुवेदी, सदस्य सचिव तिवेन्द्र अधिकारी, वडा नं. १० का अध्यक्ष वलदेवसिंह गोम्देन लगायतले समेत लिम्बूलाई भोट दिएर भ्वाइस अफ नेपालको विजेता बनाउन आग्रह गरेका थिए । विकासलाई भोट गर्नको लागि मोबाइलको मेसेज बक्समा गएर ०४ टाइप गरी नेपालबाट ३७००० नम्बरमा एसएमएस पठाउनुपर्ने विकास लिम्बू जिताऔं अभियानका संयोजक विजय सेन्दाङले बताए ।

त्यस्तै लिम्बूलाई कतारबाट भोट गर्दा म्यासेज बक्समा ०४ टाइप गरि ९२३०० नम्बरमा एसएमएस पठाउनुपर्ने, इण्डियाबाट भोट गर्नलाई म्यासेजमा ०४ टाइप गरी ५३०१० मा एसएमएस पठाउनुपर्ने बताउँदै उनले प्रभु पे एप्स डाउनलोड गरी अनलाइनबाट पनि बिश्वभरबाट भोट गर्न सकिने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here