लियो क्लव अफ बिर्तामोड लेडीको अध्यक्षमा मनिषा

0
782

विर्तामोड ।

लियो क्लव अफ बिर्तामोड लेडीको अध्यक्षमा मनिषा बिमली चयन भएकी छिन् ।

अन्तर्राष्ट्रिय लियो दिवसको अवसरमा लायन्स क्लव अफ बिर्तामोड लेडीको भातृ संस्थाको रुपमा रहेको लियो क्लव अफ बिर्तामोड लेडीको आगामी दुई वर्षे कार्यकालका लागि बिमलीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

नवगठित समितिको बरिष्ठ उपाध्यक्ष प्रज्ञा श्री चम्लागाईं , प्रथम उपाध्यक्ष तृष्णा घिमिरे ,द्धितिय उपाध्यक्ष सदिक्षा खरेल, महासचिब अनु पौडेल ,सहसचिब रिचु बिमली , कोषाध्यक्ष निकिता खरेल चयन भएका छन् ।

त्यसैगरी अर्थ संयोजक इशा पोख्रेल ,स्वास्थ्य संयोजक दिक्षा थपलिया , स्वास्थ्य सह संयोजक बिबिसा बुढाथोकी , रक्तदान संयोजक स्नेहा घिमिरे , बाताबरण संयोजक प्रितिका शिवाकोटी , फोटो संयोजक एलिशा बराइली चयन भएका छन् ।

त्यसैगरी क्लव सर्भिस डाइरेक्टर भावना कडरिया , प्रोग्राम सर्भिस डाइरेक्टर ज्योति पकवाल , कम्युनीटी सर्भिस डाइरेक्टर विशाखा प्रसाई र वोर्ड अफ डाइरेक्टरमा स्वस्तिका आचार्य चयन भएका छन् ।

लायन्स क्लव अफ बिर्तामोड लेडीकी अध्यक्ष उर्मिला विमली खरेलको अध्यक्षतामा भएको कार्यक्रममा च्याम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली , नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली,नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रिय सदस्य भिष्मराज खरेल, लायन्स क्लब अफ बिर्तामोड लेडीकी प्रथम उपाध्यक्ष दुर्गा थपलिया लगायतले नवगठित समितिलाई बधाइ तथा शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here