दक्षिणाबाट बिद्यार्थीलाई सहयोग

0
732

बिर्तामोड।

तिहारमा खेलिएको देउसीभैलोबाट उठेको रकम सदुपयोग गर्दै बुट्टाबारी युनाइटेड क्लवले बिद्यार्थीहरुलाई शुक्रबार शैक्षिक सामग्री बितरण गरेको छ ।

झापाको बिर्तामोड–६ बुट्टाबारीस्थित सरस्वती माध्यमिक बिद्यालयको प्राबि तहमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको हो ।

क्लबले एक सय ४१ जना बिद्यार्थीहरुलाई कापी, कलम, पेन्सिल, व्याग लगायतका सामग्री प्रदान गरेको अध्यक्ष हिमाल कन्दङ्वाले जानकारी दिए ।

वडाध्यक्ष सूर्य कन्दङ्वाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष राजुजंग कन्दङ्वा, सामाजिक अभियन्ता गणेश कन्दङ्वा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्थापना भएको केही समयमा नै क्लवले बिभिन्न सामाजिक कार्यहरुमा आफ्नो सक्रियता देखाइरहेको छ । युवा जागरुकता, आजको आवश्यकता भन्ने मूल नाराका साथ अघि बढेको क्लवले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने सचिव धनसरी राईले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here