पूर्णिमा कृषि सहकारीको सातौ वार्षिक साधारणसभा सम्पन्न

0
661

बिर्तामोड ।

बिर्तामोडस्थित पूर्णिमा कृषि सहकारी संस्थाको सातौ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष छ्वीलाल विश्वकर्मले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका दिए ।

प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा २ करोड २५ लाख १ हजार २९५ रुपैयाँको वासलात बनाएको उल्लेख छ । ७८१ जना शेयर सदस्य रहेको संस्थामा हालको शेयर पूँजी ५२ लाख ६० हजार ७०० रुपैयाँ रहेको छ ।

संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बिश्वकर्माले आगामी वर्ष पूर्णिमा सहकारी संस्थाद्वारा स्वामित्वमा संचालित एकिकूत कृषि फर्मलाई व्यवस्थित गरि अगाडी बढाउन विभिन्न सरकारी तथा गैर सरकारी निकायसँग समन्वय गर्ने बताए ।

साधारणसभाको उद्घाटन समारोहमा उत्कृष्ट कर्जा कारोबारीका सुकमोहन राजवंशीलाई नगदसहित सम्मान गरिएको थियो भने अवाधिक कारोबारीका रुपमा लक्ष्मी संग्रौला घिमिरेलाई सम्मानित गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट नियमित कारोबारीका रुपमा लीला राईलाई सम्मानित गरिएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले सहकारी संस्थाबाट निम्न गरिब परिवारहरुको उत्थान भएको बताए साथै सहकारीमा पैसा जम्मा गर्दा मात्र समृद्धि हुँदैन त्यसकारण समृद्धि हुन हरेक क्षेत्रमा मानिसहरु सक्रिय हुनु पर्ने बताए ।

शिवाकोटीले सहकारीलाई उत्कृष्ट बनाउन संचालकभन्दा पनि शेयर सदस्यको भुमिका महत्त्वपूर्ण हुने सुझाव दिए साथै उनले जसको आँखा, खुट्टा ,कान हुँदैन उनीहरु चाहिँ गरिब हुन् तपाईंहरु कोहि पनि गरिब होइन यदि त्यस्तो सोच छ भने आजैबाट त्यस्तो सोच हटाउनु होस् र बचत गर्ने बानीको विकास गर्न जोड दिए ।

त्यसैगरी झापा जिल्ला सहकारी संस्थाका अध्यक्ष गणेश ढकालले संस्थालाई बलियो बनाउने हो भने बचत कार्यक्रम सबै सदस्यहरुलाई अनिवार्य रुपमा सहभागी हुन जरुरी रहेको बताए ।

ढकालले पहिले संस्था डुब्यो भने सन्चालक जवाफदेही हुनु पर्दैन थियो तर अहिलेको कानुनमा संस्था डुब्यो भने सन्चालकहरुले जवाफदेहि हुने नियम आएकाले विचार पुराएर संस्था सन्चालन गर्न आग्रह गरे ।

सो कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं ४ का वडा सदस्य कविता थापा, समावेशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण देवकोटा,रिटनीङ्ग माइग्रेट नेपाल झापाका अध्यक्ष भीमबहादुर लकान्द्री, सुन्दर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उत्तम खनालले आ–आफ्ना धारणा राखेका थिए ।

संस्थाका सदस्य देशमाया बेघाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सन्चालन सदस्य वीरबहादुर दर्नालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here