साधुटार कृषि सहकारीको नयाँ नेतृत्व चयन

0
884

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१मा रहेको साधुटार कृषि सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिका अध्यक्ष रमेशकुमार खतिवडाको अध्यक्षता र वडाध्यक्ष गजाधर खतिवडाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष नगेन्द्र काफ्लेले व्यक्त गरेका थिए ।

सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष खतिवडाले र लेखा परीक्षण प्रतिवेदन लेखा समितिका संयोजक मुक्तिनाथ रिजालले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार जम्मा चुक्ता शेयर पूँजी १० लाख ४७ हजार दुई सय रुपैयाँ रहेको संस्थाको गत आर्थिक वर्ष ०७५÷०७६को जम्मा आम्दानी एक लाख ७४ हजार एक सय ७८ रुपैयाँ ३९ पैसा, जम्मा खर्च एक लाख ४४ लाख सात सय ३३ रुपैयाँ ८५ पैसा र खुद नाफा २३ हजार पाँच सय ५५ रुपैयाँ ६३ पैसा रहेको छ ।

प्रमुख अतिथि वडाध्यक्ष खतिवडा, शाकम्बरी पीठका अध्यक्ष चन्द्रप्रसाद अधिकारी, गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष खगेन्द्र काफ्ले, शेयर सदस्य गोविन्द खतिवडालगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सचिव चन्द्रप्रसाद सुवेदीले गरेका थिए ।

सोही सभाले आगामी तीन वर्षे कार्यकालको लागि नगेन्द्र काफ्लेको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा चन्द्रकला वस्ती, सचिवमा डम्बर दर्नाल, सहसचिवमा मीना भण्डारी सापकोटा, कोषाध्यक्षमा टीकाप्रसाद बराल र सदस्यहरुमा केदार गिरी, रुपक खतिवडा, लीलादेवी कार्की र सोममाया एक्तेन चयन भएका छन् ।

त्यसैगरी रमेशकुमार खतिवडाको संयोजकत्वमा तुलसा खनाल र रामप्रसाद खतिवडा सदस्य रहेको तीन सदस्यीय लेखा समिति तथा चन्द्र सुवेदीको संयोजकत्वमा ख्यामप्रसाद चापागाईं र माधव खनाल सदस्य रहेको तीन सदस्यीय ऋण समिति गठन भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here