इजरायलबाट बहिरा विद्यार्थीलाई सहयोग

0
1427

सुरुङ्गा ।

इजरायलमा रहेका नेपालीहरुको संस्था माउण्ट एभरेष्ट फुटबल क्लबले कनकाई –३ सुरुङ्गास्थित कनकाई माविका विशेष शिक्षातर्फका बहिरा विद्यार्थीहरुलाई जाडोको कपडा तथा शैक्षिक सामग्री प्रदान गरेको छ ।

गत दिपावलीको अवसरमा इजरायलमा गरिएको सांगीतिक कार्यक्रमबाट संकलित रकमबाट ६० जना बहिरा विद्यार्थीलाई स्वीटर, ऊनी टोपी, कलम र कापी प्रदान गरिएको हो ।

विद्यार्थीहरुलाई युवा समाजसेवी गोपाल प्रसाई, कनकाई माविका प्रअ कर्णबहादुर डाँगी, नेपाल शिक्षक महासंघ कनकाई नगर अध्यक्ष शारदा प्रसाई पाठक, सहायक प्रअ हरिप्रसाद तिम्सिना, युवा व्यवसायी केशव शिवाकोटी लगायतले सो सामग्री वितरण गरेका थिए ।

जाडोका कपडा तथा शैक्षिक सामग्री वितरणपछि विद्यालयका प्रअ डाँगीले विदेशमा रहेर पनि आफू अध्ययन गरेको विद्यालयलाई सम्झेकोमा पूर्व विद्यार्थीहरुप्रति आभार प्रकट गरे ।

प्रमुख अतिथि प्रसाईले वैदेशिक रोजगारीमा गएका युवाको सहयोगले गरिब तथा असहाय विद्यार्थीले जाडोमा न्यानो कपडा पाएकोमा खुशी प्रकट गरे । उनले सांगीतिक कार्यक्रमको माध्यमबाट मनोरंञ्जन मात्रै नभएर सामाजिक क्रियाकलाप समेत भएको भन्दै मनकारी मनहरुलाई धन्यवाद दिए ।

इजरायलमा रहेका झापा सुरुङ्गाका गायक कुमार लिम्बु र मोरङ पथरीका प्रकाश पाहिम लिम्बुको नेतृत्वमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

सो कार्यक्रममा नेपालबाट चर्चित गायकहरु डम्बर नेपाली, ताराप्रकाश लिम्बु लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमबाट संकलित रकमले यसअघि मोरङ उर्लावारीको नमुना वाल गृहका ४६ जना विद्यार्थीहरुलाई ज्याकेट प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here