आँखा उपचार केन्द्र आफ्नै भवनमा

0
529

चितवन,

नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित रत्ननगर आँखा उपचार केन्द्रले आफ्नै भवनबाट सेवा शुरु गरेको छ । रत्ननगर अस्पतालले उपलब्ध गराएको जग्गामा रु ५२ लाखको लागतमा भवन निर्माण गरी आजदेखि सेवा शुभारम्भ गरिएको हो ।

भवनको पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे, नेपाल नेत्रज्योति सङ्घ चितवनका सभापति कृष्णराज धरेल र सेवा फाउण्डेसनका निर्देशक डा सुजन डिलवडले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । सो अवसरमा पूर्वमन्त्री पाण्डेले शल्यक्रियासहितको आँखा उपचारका लागि आवश्यक उपकरण खरीद गर्न सहयोग गर्ने बताउनुभयो ।

डिलवडले भरतपुरको आँखा अस्पतालले नेपालमा आँखा उपचारमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । आँखा उपचार केन्द्र सहयोग समितिका संयोजक हरिशरण पाठकको सभापतित्वमा भएको कार्यक्रममा सङ्घका संस्थापक सचिव प्रभातकुमार जोशी, वडा अध्यक्ष तिलकराज शर्मा पौडेल, लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ वि टुका डिस्ट्रिक्ट एड्भाइजर दीपेन्द्र खतिवडा, क्वेष्ट मोडल कलेजका प्राचार्य जगदीश शर्मा, नेपाल नेत्रज्योति सङ्घ चितवनका सहसचिव केशव अधिकारी लगायतले बोल्नुभएको थियो ।

सेवा फाउन्डेशनको रु २४ लाख, संसद् विकास कोषमार्फत प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेको रु १५ लाख, रत्ननगर नगरपालिका वडा नं २ को रु चार लाखसहित विभिन्न सङ्घसंस्था र दाताको सहयोगमा पाँच कोठे एकतले भवन निर्माण गरिएको हो । रत्ननगर आँखा उपचार केन्द्र विसं २०७२ मा स्थापना भएको हो । सो केन्द्रबाट ठूला शल्यक्रियाबाहेक अन्य सेवा उपलव्ध हुँदै आएको छ ।

भवन उद्घाटनका अवसरमा निःशुल्क आँखा परीक्षण गरिएको थियो । सो क्रममा १७५ जनाको आँखा परीक्षण गरिएको र २७ जनालाई मोतियाबिन्दुको शल्यक्रिया गर्नका लागि भरतपुर ल्याइएको भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here