विप्लवका इञ्चार्ज पक्राउ

0
482

बिर्तामोड।

विप्लव नेतृत्व नेकपाका मेचीनगर नगरपालिका इञ्चार्ज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विप्लव समूहका मेचीनगर इञ्चार्ज यामकुमार गिरी रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौको तीनकुनेबाट पक्राउ गरेको हो ।

बम विस्फोटमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो । गतभदौ २३ गते राति सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयको निर्माणाधीन भवनमा बम विस्फोट भएको थियो ।

बम बिस्फोटबाट निर्माणाधीन भवनमा क्षति पुगेको थियो । गिरीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिएका छन् ।

सोही दिन राति गौरादह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा समेत बम विष्फोट भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here