विर्तामोड ।

अफ्रिकाको केन्यामा भएको सातौं मोम्वासा ओपन तोङ्ग इल मो दो इन्टरनेशनल मार्सल आर्टस् च्याम्पियनसीप २०१९ मा नेपालले एक स्वर्णसहित सात वटा पदक प्राप्त गरेको छ ।
बिश्वका २५ वटा देशले सहभागिता जनाएको उक्त प्रतियोगितामा सहभागि तोङ्ग ईल मो–दो संघ नेपालका खेलाडीले एक स्वर्ण ,चार रजत र दुई कास्य पदक जितेको तोङ्ग ईल मो–दो संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।
उक्त प्रतियोगितामा नेपालबाट तोङ्ग इल मो दो संघका केन्द्रीय उपाध्यक्ष प्रकाश श्रेष्ठको नेतृत्वमा केन्द्रीय सदस्य तथा कोच दीपक बास्तोला, खेलाडीहरु नम बिष्ट, मङ्गल शाही, जयबहादुर तामाङ, सन्जिपकुमार चौधरीले सहभागिता जनाएका दिए । प्रतियोगितामा सहभागिता जनाएसँगै सबै खेलाडीले पदक जित्न सफल भएका हुन् ।
उक्त प्रतियोगितामा नम बिष्टले(कैलाली ) १ स्वर्ण (फाईटमा) १ रजत (कातामा), प्रकाश श्रेष्ठले १ रजत (काता), जयबहादुर तामाङले १ रजत (फाईट) १ रजत (सामुहिक काता)१ कास्य (एकल काता) र मंगल शाहीले(सुर्खेत ) १ कास्य (फाईट) पदक जितेका हुन् ।
प्रतियोगिताको समापनमा केन्याको खेलकुद मन्त्री ,विश्व तोङ्ग ईल मो दो संघका संस्थापक डा. जोन हु सुक ,संघका अन्तर्रा्िष्ट्रय उपाध्यक्ष मास्टर ताका मिस्टु हुसिले बिजेता खेलाडीहरुलाई मेडल प्रदान गरेका थिए ।
तोङ्ग ईल मो–दो नेपालका महासचिव बिष्णु गिरीले खेलाडीहरुलाई राज्यको तर्फबाट कुनै सहयोग नभएको भए पनि नेपाली खेलाडिहरुले केन्यामा देशको झन्डा फहराउन सफल भएकोमा खुशी ब्यक्त गरे ।


























