प्रगति महिलाको नाफा ३ लाख बढी,सहकारीमा सम्मान

0
1064

मेचीनगर ।

झापाको मेचीनगर १३ मा रहेको श्री प्रगति महिला कृषि सहकारी संस्था लि ले वितेको आर्थिक वर्षमा ३ लाख ९१ हजार ८ सय १३ रुपैयाँ खुद नाफा गरेको छ । साथै चालु आर्थिक वर्षमा ५ लाख ४९ हजार रुपैयाँ नाफा गर्ने अनुमान गरेको छ ।

साथै संस्थाले शेयर पूँजी २८ लाख ८ हजार २ सय रुपैयाँ पुर्याएको छ । साथै संस्थाले १२ प्रतिशत लाभांश वितरण गरेको छ । सोमबार सम्पन्न संस्थाको १३ औँ वार्षिक साधारणसभामा अध्यक्ष तेजमाया भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनमा चालु आर्थिक वर्ष २०७६ ÷२०७७ को नीति तथा कार्यक्रम अनुसार अघिल्लो आर्थिक वर्षको ५० हजार सम्म भएको शेयर रकमलाई वृद्घि गरेर चालु आर्थिक वर्षमा १ लाख पुर्याउने उल्लेख छ ।

साधारण सभाको अवसर पारेर संस्थाले स्थानीय टंकमाया पौडेललाई ज्येष्ठ नागरिक सम्मानसहित अन्य विधाका ५ जना उत्कृष्टलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा निर्वतमान अध्यक्ष गोमादेवी मैनाली, उत्कृष्ट ऋणि तारा देवि डाँगी, उत्कृष्ट वचत कर्ता विमला केसी, उत्कृष्ट बाल बचतकर्ता रियास थाापा र उत्कृष्ट कर्मचारी व्यवस्थापक कमला न्यौपाने रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, विर्तामोड नगरपािलका सहकारी शाखाका प्रमुख डिल्लीराम दाहाललगायतले उनीहरुलाई नगदसहित सम्मान पत्र प्रदान गरेका थिए ।

उपप्रमुख उप्रेतीले हरेक सहकारी संस्थाहरुले निक्षेपकर्ताको रकमलाई सुरक्षित रुपमा राख्न सहकारीका मुल्य मान्यताका साथ अघि बढ्न सुझाव दिईन । कार्यक्रममा हंसलाल राजबंशी, विश्व थापा, कृष्ण सिग्देल पुष्प कार्कीलगायतले बोलेका थिए । सचिव कृष्णकुमारी चापागाईँले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई सहसचिव गोमा ढकालले स्वागत गरेकी थिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here