प्रेम टुटेपछि युवतीले काटिन् प्रेमीको लिङ्ग

0
1104

गौरव पोखरेल, काठमाडौं ।

प्रेममा धोका पाएपछि मानिसले के–के गर्लान् ? हात काट्ने र आत्महत्या गर्ने गरेका विषय नौला रहेनन् । बौद्धमा अनौठो घटना भएको छ ।

महानगरीय प्रहरी वृत्त, बौद्धका अनुसार प्रेम सम्बन्ध सफल नहुने देखेपछि १९ वर्षीया थिङ थरकी युवतीले प्रेमीको लिङ्ग नै काटिदिएकी छन् । घटनामा प्रेमी मकवानपुरको हेटौंडा घर भइ बौद्ध बस्दै आएका २१ वर्षीय राजीव सुनुवार शक्त घाइते भएका छन् ।

बौद्धका डीएसपी रमेशबहादुर सिंहका अनुसार सुनुवारको ओम अस्पतालमा आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ । ‘आधी काटिएको छ भन्ने हाम्रो टोलीले खबर दिएको छ’, उनले अनलाइनखबरसँग भने, ‘केटीाके पनि हातमा चोट लागेको रहेछ ।’

प्रहरीका अनुसार केटा क्रिश्चियन धर्ममा आस्था राख्छन् भने युवती बौद्ध धर्मावलम्बी हुन् । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीच हालै विछोड भएको थियो । ‘घरकाले नमानेको भन्दै केटाले सम्बन्ध अघि बढ्न नसक्ने जनाएको देखिएको छ’, सिंहले भने, ‘त्यसपछि अन्तिम पटक भेट्न आउन भनेर बोलाउँदा यो घटना भएको देखिन्छ ।’

प्रहरीले युवतीलाई पनि पक्राउ गरेको छ भने अपराधमा प्रयोग भएको चक्कु पनि बरामद गरेको छ । उनीमाथि ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान थाल्ने तयारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here